coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पथ्थर फोडेर फराकिलो सडक

कर्णाली राजमार्ग हुँदै नाग्म गमगडी जाने सडक खन्न कनकासुन्दरीको भिड निकै चुनौति थियो । कडा पथ्थर फोडेर सडक बन्ला भन्ने कसैले अपेक्षा गरेका थिएनन् । हिडडुल गर्ने सबैले त्यो क्षेत्रमा निकै साँघुरो सडक र जोखिमपूर्ण हुने बताउँथे । तर भिर फोडेर सडक बनेपछि स्थानीय चकित छन् ।  

भिर भएको क्षेत्रमा ६ देखि ७  मिटर सडक खनिएको छ । अहिले यात्रा पनि सहज भएको छ । जोखिम पनि धेरै कम । ठूला सवारीसाधन आवतजावत गर्न कठिन थियो । मोडमा समस्या थियो । डिभिजन सडक कार्यालय जुम्लाका अनुसार भिर क्षेत्रमा पर्ने एक हजार ८ सय मिटर सडक फराकिलो बनेको छ ।  

डिभिजन सडक प्रमुख लिलाबहादुर भण्डारी नाग्म गमगडी सडक सहज हुदै गएको बताउँछन । भिर फोडेर सडक चाक्लो बनाउने जिम्मा थोदुङ कन्स्टक्सनले लिएको थियो । २ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको थियो । डिभिजन सडक प्रमुख भण्डारीले भने,“अनुगमनमा जाँदा काम सन्तोषजनक देखियो । अब यात्रा पनि सहज हुने र जोखिम निकै कम हुने देखिन्छ । ”  

यो भिरमा सडक सहज भए संगै अब नाग्म गमगडी सडकको यात्रा सहज हुने भएको छ । नाग्म गमगडी सडकको धेरै जसो क्षेत्रमा बाटो सुधार भएको र बन्ने क्रम जारी भएकाले यो आर्थिक वर्षमा गाडी सजिलै गुड्नेगरी काम भईरहेको डिभिजन सडकले जनाएको छ ।

डिभिजन प्रमुख भण्डारी भने,“ धेरै जसो स्थानमा सुधार भएको छ । सबैभन्दा बढि हिलो क्षेत्र सिञ्जाको घोडेङ्गामा सुधार भयो । गोठिज्यूला पनि गाडी अड्किने सम्भावना छैन । रोकायावाडामा पनि सुधार भएको छ ।  

सडक हिलो र खाल्डाखुल्डीले गर्दा रारा सिञ्जा जाने पर्यटकहरुलाई सास्ती भईरहेको समयमा ग्राभेल र स्तरवद्धि पछि सजिलो हुने भएको छ । कनकासुन्दरी गाउँपालिका र मुगुको सिमाना भुलभुले देखी सातमोड सम्म ग्राभेल भएको छ । गाडी बर्खा याममा सजिलै गुडन सक्नेछन ।  

मुगुको पिना गाउँ अघि ग्राभेल गर्नु पर्ने र ताल्चा विमानस्थलको उकालोमा ग्राभेल गर्नु पर्ने मात्र बाँकी  छ । यो आर्थिक बर्षमै यो काम हुनेछ ।  नाग्म गमगडी राजमार्गको १३ किलोमिटर सडक ग्राभेल यही आर्थिक बर्षमै हुने डिभिजन सडक कार्यालयले जनाएको छ ।  स्थानीय निर्माण व्यवसायी बलबहादुर शाही र सुभाष महत ग्राभेलो जिम्मेवारी लिएका छन ।  काम शुरु भइसकेको छ ।  सडक स्तरउन्नतीका लागि २० करोड रुपैयाँ माग गरिएको छ ।  

नाग्म गमगडी राजमार्गमा निर्माण व्यवासयीले काम लिने तर छोडेर जाने प्रवृत्तिले ढिलाई भएको थियो  । यो वर्ष काम धमाधम भइरहेको छ । 

प्रकाशित: ७ चैत्र २०७७ ०७:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App