१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हुलासले ल्यायो नयाँ प्रकृतिको कर्कटपाता

हुलास स्टीलले नयाँ प्रकृतिको छाना छाउने कर्कटपाता गल्भाअलुम उत्पादनको शुरुवात गरेको छ। उद्योगले बजारमा गल्भाअलुम ड्युराकलरको ब्राण्डमा बिक्रि वितरण गर्ने जनाएको छ।  

गल्भाअलुम कर्कटपाता उत्पादन गर्दा कोल्ड रोल्ड सिटमा ५५५ आल्मुनियम, ४३.५५ जिंक र १.५५ सिलिकनको टिंग गरी उत्पादन गरिने भएको हुनाले साधारण ग्याल्भनाईज्ड कर्कटपाताको तुलनामा गल्भाअलुम कर्कटपातामा जंक प्रतिरोधि क्षमता ३ गुणा बढी हुने भएकोले यसकोे टिकाउपन ३ गुणा बढी रहने जनाइएको छ।

नेपालमा पहिलो पटक अष्ट्रेलियन प्रविधिको कोटिंग प्रयोगमा ल्याईएको हुनाले कर्कटपाताको टिकाउपन ३ गुणा बढी रहने कम्पनीको दावी छ।  

हुलास स्टील ईण्डष्ट्रिज लिमिटेड सन् १९८१ मा स्थापनाभई नेपालमा पहिलो पटक जापानीज प्रविधिमा कर्कटपाता उत्पादन प्रारम्भ गरेको थियो।सन् १९८९ मा नेपालमा पहिलो पटक रंगीन कर्कटपाताको उत्पादन प्रारम्भ गरी ४ दशकदेखि नेपाली बजारमा बिक्रि वितरण गर्दै आईरहेको छ।  

 

 

प्रकाशित: १६ फाल्गुन २०७७ १०:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App