१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एघार सयले बढ्यो सुन

स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार १ सयले बढेको छ। सोमबार स्थिर रहेको सुनको मूल्यमा एक हजारभन्दा बढीले सुधार आएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार ८९ हजार ९ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज भने तोलामा ९० हजार १ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।  

यस्तै तेजाबी सुन सोमबार तोलामा ८८ हजार ५ सय ५० रुपैयाँमा कारोवार भएकामा आजका लागि भने ८९ हजार ६ सय ५० रुपैयाँमा कारोवार भएको छ। तेजाबी सुनसमेत तोलामा एक हजार १ सय रुपैयाँले बढेको हो।

चाँदीको मूल्यमा समेत आज २५ रुपैयाँले वृद्धि भएको छ। तोलामा एक हजार ३ सय३५ रुपैयाँमा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३ सय ६० रुपैयाँ मूल्य कायम भएको छ। रासस

प्रकाशित: ११ फाल्गुन २०७७ ०६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App