१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘होटल क्वारेन्टिन’ प्रावधान बाधक

अर्थ नेपाल ट्राभल एन्ड ट्रेक्समार्फत गत अक्टोबरमै नेपाल आउन चाहेका एक अमेरिकी पाहुनाले एकाएक यात्रा रोके। पोखरा क्षेत्रमा दुई साता रहनेगरी आउन चाहेका ती विदेशीको अबको नेपाल यात्राको टुंगो छैन। यसअघि २० पटक नेपाल आइसकेका उनी योपटक पनि आउने तयारीमा थिए। तर, कोरोना संक्रमणका कारण नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न सक्ने अवस्था नभएपछि उनले यात्रा नै सुरु गरेनन्। अर्थ नेपालका सञ्चालक धर्मराज पन्थीका अनुसार ती विदेशी दुई साताका लागि आउन चाहेपनि नेपालमा एक सातासम्म होटल क्वारेन्टिन बस्नुपर्ने बाध्यकारी नियमले उनले यात्रा नै थालेनन्।

‘नेपालसम्म आउजाउ गर्दा नै एकसाता बित्ने र थप एकसाता होटल क्वारेन्टिन बस्नुपर्ने बाध्यकारी प्रावधानका कारण ती विदेशी आउनै चाहेनन्,’ पन्थीले भने, ‘उनलाई घुमघामको समय नै अपुग भयो। आउजाउ र होटल क्वारेन्टिनको समयले उनको घुमघाम नै छोटिने भएपछि यात्रा नै थालेनन्। अहिलेका लागि ती अमेरिकनले नेपालको यात्रा झन्झटिलो माने।’ उनी अब कहिले नेपाल आउने भन्ने निश्चित नभएको पन्थीले बताए।  

वेलकम ट्रेक्समार्फत जर्मनका तीन पर्यटक पनि नेपाल आउने योजनामा थिए। फेब्रुअरीको दोस्रो साता नेपाल आउने तयारीमा रहेका ती जर्मन नागरिकले पनि एकाएक यात्रा रोक्ने जनाउ दिइसकेका छन्। वेलकम ट्रेक्सका सञ्चालक सुशीलराज पौडेलका अनुसार नेपालको झन्झटिलो भिसा प्रक्रिया र एकसाता क्वारेन्टिन अनिवार्य बस्नुपर्ने भएपछि ती विदेशीले पनि नेपाल यात्रा रोकेको जानकारी दिइसकेका छन्।

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्षसमेत रहेको पौडेलका अनुसार जर्मनका ती पर्यटक अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने योजनमा थिए। उनीहरूको पदयात्रा अवधि नै १० दिनको थियो। ‘१० दिनको पदयात्रा र पोखरा–काठमाडौं गर्दा थप पाँच दिन गरेर नेपालमा १५ दिन बिताउने उनीहरूको योजना हो,’ पौडेलले भने, ‘तर, उनीहरूले यात्रा नै रोके। यात्रा रोक्नुका कारण नेपालको झन्झटिलो क्वारेन्टिन बसाई मुख्य कारक थियो।’  

‘कम्तिमा एकसाता होटल क्वारेन्टिन बस्नुपर्ने बाध्यता भएपछि ती विदेशीले होटलमा थुनिएर बस्न चाहेनन्,’ उनले भने, ‘दुईसाताको फुर्सदमा आउनेलाई एकसाता क्वारेन्टिन बस्नुपर्ने र अरू एकसाताले समय अपुग हुने भनेर ती विदेशी आउनै चाहेनन्।’ पौडेलका अनुसार कोरोना कहरबीच पनि पदयात्राका विदेशीलाई नेपाल आउन अनुमति भएपछि केही विदेशी आउने चाहना राख्दाराख्दै पनि आउन सकेका छैनन्। ‘कम्तिमा एकसाता होटलमा क्वारेन्टिन बस्नुपर्ने बाध्यकारी प्रावधानले विदेशी तर्सिएका छन्,’ उनले भने, ‘अरू सबै प्रक्रियालाई विदेशीले सहज ठान्छन्। तर एकसाता क्वारेन्टिन नै उनीहरूका लागि बाधक बनेको छ।’

नेपाल घुम्न आउन चाहने विदेशीले भिसा पाउनकै लागि होटल बुकिङको प्रमाण अनिवार्य पेस गर्नुपर्ने भएपछि उनीहरू तर्सिने गरेको पौडेलले बताए। ‘सबैलाई ट्रेकिङ कम्पनीमार्फत अनअराइभल भिसाको सिफारिस दिने हो। तर, घुम्न आउने विदेशीले नेपाल आउने र फर्कने जहाजको टिकट बुकिङ, पदयात्रा क्षेत्रको आइटिनरी, पाँच हजार अमेरिकी डलरको कोरोना बिमा, क्वारेन्टिनका लागि होटल बुकिङ अनिवार्य भएपछि पर्यटक आउनै चाहेनन्,’ पौडेलले भने, ‘सबैभन्दा झन्झटिलो क्वारेन्टिन बसाइँलाई ठानेका छन्।’ क्वारेन्टिन बस्दा पर्यटकले घुम्नै पाउने अवस्था नरहने उनले बताए।  

इथिकल ट्रेकिङ नेपाल कम्पनीका सञ्चालक कृष्ण आचार्य पनि कोरोना कहरबीच पनि कतिपय विदेशी नेपालको पदयात्रामा आउन चाहेकामा होटल क्वारेन्टिनको झन्झटले रोकिएको बताउँछन्। ‘पदयात्रामा जान केही विदेशी आउन चाहेका छन्। तर, उनीहरू एकसाता क्वारेन्टिन बस्नुपर्ने भएपछि तर्सेका छन्,’ उनले भने, ‘बढीमा दुईसाताको समय पाउने विदेशीले एकसाता होटलमा बस्ने र एकसाता हिँडडुलमा बिताउँदा घुमफिरमा जानै पाउँदैनन्।’ आचार्यको कम्पनीबाट आउन खोजेका फ्रान्सका तीन पर्यटक पनि होटलको झन्झटिलो क्वारेन्टिन बसाइँ असहज ठान्दै आउन नमानेको उनले बताए। ‘मार्चमा आउन चाहेका हुन्।

प्रकाशित: ११ माघ २०७७ ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App