१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

उद्योग वाणिज्य महासंघ लुम्बिनीको अध्यक्षमा प्रतिश्पर्धा

बुटवलका श्रेष्ठ र भैरहवाका शर्मा चुनावी मैदानमा

नेपाल उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेश अध्यक्षका लागि निर्वाचन हुने भएको छ । महासंघको प्रदेश अधिवेशन शनिबार बुटवलमा हुँदैछ । महासंघको प्रदेश अध्यक्षका लागि बुटवल उद्योग वाणिज्य संघको तर्फबाट सुरेन्द्रप्रसाद श्रेष्ठ र सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाको तर्फबाट कृष्णप्रसाद शर्मा चुनावी मैदानमा उत्रिएका छन् ।  

बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष श्रेष्ठ निवर्तमान केन्द्रीय सदस्य हुन । श्रेष्ठले जिल्ला नगर संघको संस्थागत विकाससंगै प्रदेशको आर्थिक विकास र निजी क्षेत्रको प्रवद्र्धनका लागि व्यवसाय र लगानीमैत्री वातावरण निर्माणमा महत्वपुर्ण भूमिका खेल्न कार्ययोजना अगाडी सारेका छन ।  

अर्का उम्मेदवार शर्मा पनि महासंघमा थुप्रैपटक केन्द्रीय सदस्य भइसकेका छन् । शर्माले प्रदेशको आर्थिक विकास सँगै औद्योगिक, पर्यटकीय र कृषि क्षेत्रको विकासलाइ जोड दिएका छन । महासंघको प्रदेश सचिवालयलाइ सुदृढ बनाउने, विशेष आर्थिक क्षेत्र (सेज) र सुख्खा बन्दरगाहको कार्यान्वयनमा जोड दिने एजेण्डा अघि सारेका छन् ।  

यो प्रदेशका १२ जिल्लामा ३० वटा जिल्ला–नगर उद्योग वाणिज्य संघ छन । एशोसिएटतर्फ ११२ मत छ । जिल्ला–नगरतर्फ ५० र एशोसिएटतर्फ ३० प्रतिशत मतभार छ ।  

अन्य पदमा निर्विरोध  

अध्यक्ष बाहेकका पदमा भने पदाधिकारी निर्विरोध चयन भएका छन ।  महासंघको जिल्ला–नगर उपाध्यक्षमा रोल्पा उद्योग बाणिज्य संघका बालकृष्ण सुवेदी निर्विरोध भए । एशोसिएटतर्फ उपाध्यक्षमा रोहिणी इन्भेष्टमेन्ट प्रालि रुपन्देहीका दिपककुमार पौडेल निर्विरोध चुनिएका छन् । एशोसिएट कार्यकारीणी सदस्यमा नवलपरासी सुनवलका गोपालप्रसाद भट्टराइ र भैरहवाका अमितकुमार गोयन्का निर्विरोध भएका छन् ।  

कोषाध्यक्षमा दाङ देउखुरी उद्योग बाणिज्य संघका तर्फबाट उम्मेदवारी दिएका रत्नप्रसाद श्रेष्ठ निर्विरोध भएका छन । सो पदका लागि रुपन्देहीको देवदह उद्योग बाणिज्य संघको तर्फबाट गोपाल ढकालले  दिएको उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठ निर्विरोध भएका हुन । जिल्ला नगरको तर्फबाट कार्यकारीणी ५ सदस्यमा पाल्पाका भोजेन्द्रप्रकाश ढकाल र भीमबहादुर श्रेष्ठ, प्युठानका ज्ञानुराम न्यौपाने, बर्दियाका टेकबहादुर शाह र रामसिंह थारु निर्विरोध भएका छन । कार्यकारीणी सदस्यमा उम्मेद्वारी दिएका बाँकेका नरेन्द्रप्रसाद शर्माले उम्मेदवारी फिर्ता लिएपछि सो पदमा निर्बिरोध भएको निर्वाचन आयुक्त बाबुराम पाण्डेले बताए ।

 

प्रकाशित: २३ पुस २०७७ ०६:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App