१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

चुहावट बढ्यो बिनासूचना बत्ती कटौती

नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङ पदावधि सकिएर बाहिरिएसँगै विद्युत् चुहावट ह्वात्तै बढेको छ।गत भदौ २९ देखि प्राधिकरण निमित्त कार्यकारी प्रमुखका भरमा चल्दा प्राधिकरणको कार्य प्रणालीमा ढिलासुस्ती हुँदा विद्युत् चुहावटसँगै बेलुकाको समयमा काठमाडौं उपत्यकामा बिजुली जाने समस्या पनि बढेको छ। घिसिङले आर्थिक वर्ष ०७६/७७ मा विद्युत् चुहावट १५.२७ प्रतिशतमा झारेका थिए।

तर गत साउनदेखि कात्तिकसम्मको अवधिमा विद्युत् चुहावट एकदेखि दुई प्रतिशतसम्म बढेको प्राधिकरणका एक कर्मचारी बताउँछन्। एकातर्फ बिजुली चुहावट ह्वात्तै बढ्नु र अर्कोतर्फ बेलुकाको समयमा पूर्वसूचनाबिनै बिजुली जान थालेसँगै सर्वसाधारणमा फेरि लोडसेडिङ सुरु हुने हो कि भन्ने मनोवैज्ञानिक त्रास देखिन थालेको छ।

गत सोमबार र मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पूर्वसूचनाबिना बिजुली जाने–आउने भएपछि सर्वसाधारणमा थप आशंका बढेको हो। प्राधिकरणका प्रवक्ता मदन तिमिल्सनाले कोभिड १९ को कारण कर्मचारी नियमित रूपमा मिटर रिडिङ गर्न जान नसकेकोले विद्युत् चुहावट केही प्रतिशत बढी भएको बताए। ‘कोभिडको कारणले नियमित अनुगमन गर्न नसक्दा केही चुहावट बढेको छ,’ उनले भने, ‘कति बढेको छ भनेर भन्न गाह्रो भयो।’ प्राधिकरणका प्रवक्ता तिमिल्सिनाले टेक्निकल समस्याका कारण सोमबार र मंगलबार केही समय बिजुली अवरुद्ध भएको बताए। ‘अहिले फोर्स लोडसेडिङ गर्नुपर्ने कुनै अवस्था छैन,’ उनले भने, ‘अस्तिको घटना बाघ कराउनु र बाख्रा हराउनु जस्तै हो।’

प्रवक्ता तिमिल्सना मागअनुसार बिजुली आपूर्ति भइरहेकाले फोर्स लोडसेडिङ गर्न नपर्ने दाबी गर्छन्। ‘पूर्वसूचना जारी गरेर मर्मतसम्भार गर्नुबाहेक अन्य कुनै ठाउँमा लोडसेडिङ गर्नुपर्ने आवश्यकता छैन,’ उनले भने, ‘मागअनुसार बिजुली उपलब्ध गराएकोले कुनै समस्या छैन।’ यसकारण जान्छ बिजुली प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक घिसिङ प्राधिकरणमा चेन अफ कमान्ड, बिजुलीको लोड व्यवस्थापन, चुहावट नियन्त्रण लगायत विविध पक्षलाई ख्याल नगर्दा बिजुली जाने समस्या आएको हुन सक्ने बताउँछन्। ‘अहिले बिजुलीको लोडकै अभावमा लोडसेडिङ गर्नुपर्ने अवस्था देखिँदैन,’ उनले भने, ‘उत्पादन भएको बिजुलीलाई सही प्रयोग गर्न नसक्दा समस्या देखिएको हो।’

पूर्वप्रबन्ध निर्देशक घिसिङले नियमित बिजुली आपूर्ति गर्न नसके सर्वसाधारणले विभिन्न उपकरण चार्ज गर्ने र त्यसले लोडसेडिङ बढाउने बताउँछन्। ‘नियमित बिजुली आइराखे ग्राहक बिजुली सञ्चित प्रतिशतमा झारेका थिए।तर गत साउनदेखि कात्तिकसम्मको अवधिमा विद्युत् चुहावट एकदेखि दुई प्रतिशतसम्म बढेको प्राधिकरणका एक कर्मचारी बताउँछन्। एकातर्फ बिजुली चुहावट ह्वात्तै बढ्नु र अर्कोतर्फ बेलुकाको समयमा पूर्वसूचनाबिनै बिजुली जान थालेसँगै सर्वसाधारणमा फेरि लोडसेडिङ सुरु हुने हो कि भन्ने मनोवैज्ञानिक त्रास देखिन थालेको छ।

गत सोमबार र मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पूर्वसूचनाबिना बिजुली जाने–आउने भएपछि सर्वसाधारणमा थप आशंका बढेको हो। प्राधिकरणका प्रवक्ता मदन तिमिल्सनाले कोभिड १९ को कारण कर्मचारी नियमित रूपमा मिटर रिडिङ गर्न जान नसकेकोले विद्युत् चुहावट केही प्रतिशत बढी भएको बताए। ‘कोभिडको कारणले नियमित अनुगमन गर्न नसक्दा केही चुहावट बढेको छ,’ उनले भने, ‘कति बढेको छ भनेर भन्न गाह्रो भयो।’

प्राधिकरणका प्रवक्ता तिमिल्सिनाले टेक्निकल समस्याका कारण सोमबार र मंगलबार केही समय बिजुली अवरुद्ध भएको बताए। ‘अहिले फोर्स लोडसेडिङ गर्नुपर्ने कुनै अवस्था छैन,’ उनले भने, ‘अस्तिको घटना बाघ कराउनु र बाख्रा हराउनु जस्तै हो।’प्रवक्ता तिमिल्सना मागअनुसार बिजुली आपूर्ति भइरहेकाले फोर्स लोडसेडिङ गर्न नपर्ने दाबी गर्छन्। ‘पूर्वसूचना जारी गरेर मर्मतसम्भार गर्नुबाहेक अन्य कुनै ठाउँमा लोडसेडिङ गर्नुपर्ने आवश्यकता छैन,’ उनले भने, ‘मागअनुसार बिजुली उपलब्ध गराएकोले कुनै समस्या छैन।’यसकारण जान्छ बिजुली

प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक घिसिङ प्राधिकरणमा चेन अफ कमान्ड, बिजुलीको लोड व्यवस्थापन, चुहावट नियन्त्रण लगायत विविध पक्षलाई ख्याल नगर्दा बिजुली जाने समस्या आएको हुन सक्ने बताउँछन्। ‘अहिले बिजुलीको लोडकै अभावमा लोडसेडिङ गर्नुपर्ने अवस्था देखिँदैन,’ उनले भने, ‘उत्पादन भएको बिजुलीलाई सही प्रयोग गर्न नसक्दा समस्या देखिएको हो।’

पूर्वप्रबन्ध निर्देशक घिसिङले नियमित बिजुली आपूर्ति गर्न नसके सर्वसाधारणले विभिन्न उपकरण चार्ज गर्ने र त्यसले लोडसेडिङ बढाउने बताउँछन्। ‘नियमित बिजुली आइराखे ग्राहक बिजुली सञ्चित गर्नेतर्फ लाग्दैनन,’ उनले भने, ‘जब बिजुली आपूर्ति नियमित हुँदैन अनि सर्वसाधारणले बिजुली ब्याकअपको लागि इन्भर्टर, ब्याट्री लगायतका चार्ज गर्न थालेपछि झनै बिजुलीको माग बढ्ने गर्छ।’  उनले प्राधिकरणमा चेन अफ कमान्ड नहुँदा कर्मचारीको व्यवस्थापन, चुहावट नियन्त्रण तथा कर्मचारीलाई जिम्मेवार बनाउन अप्ठेरो हुने बताउँछन्। ‘लोडसेडिङ एउटा कारणले मात्रै अन्त्य गर्न सकिँदैन,’ उनले भने, ‘धेरै कुराको समायोजनबाट मात्रै सम्भव हुने हो।’  

घिसिङ पोहोरभन्दा अहिले बिजुलीको लोड कम भएकाले लोडसेडिङ हुने सम्भावना न्यून रहेको बताउँछन्। ‘गत वर्षभन्दा बिजुलीको माग कम छ,’ उनले भने, ‘आन्तरिक व्यवस्थापन चुस्तदुरुस्त नहुँदा समस्या आएको मात्रै हो।’ गत वर्ष यही बेला काठमाडौं उपत्यकामा ४५० मेगावाटभन्दा धेरै लोडको माग थियो। अहिले कोभिड १९ को कारण ठूला होटल तथा अन्य क्षेत्र पूर्ण रूपमा सञ्चालन नहुँदा उपत्यकामा करिब तीन सय ७० मेगावाट मात्रै बिजुलीको लोड आवश्यक भएको बताइन्छ।  

प्राधिकरणका प्रवक्ता तिमिल्सनाले पुस १५ गते बुधबार देशभर १४ सय १५ मेगावाट बिजुली खपत भएको बताए। त्योमध्ये प्राधिकरण मातहतका आयोजनाबाट पाँच सय मेगावाट, निजी क्षेत्रबाट तीन सय १० मेगावाट र भारतबाट ६ सय पाँच मेगावाट आयात  गरिएको थियो। बुधबारको २४ घन्टामा इनर्जी खपत  दुई करोड ५२ लाख युनिट छ। प्राधिकरण मातहतको आयोजनाको इनर्जी खपत ७० लाख ७७ हजार युनिट, निजी क्षेत्रबाट ६८ लाख युनिट र भारतबाट करिब एक करोड १३ लाख युनिट बिजुली आयात गरिएको थियो।

प्रकाशित: १७ पुस २०७७ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App