१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखरा उद्योग वाणिज्य संघलाई चुनावी चटारो

पोखरा उद्योग वाणिज्य संघ

पोखरा उद्योग वाणिज्य संघको यसै महिनाको अन्तिम साता हुने ३३ औं अधिवशेनको सरगर्मी चढेको छ । पुसे जाडोमा वाणिज्य संघको चुनावी सरगर्मीको रापले उम्ेदवारसँगै आम उद्योगी व्यवसायी एवं व्यापारीलाई छोईसकेको छ ।  

यही पुस २४ र २५ गते अधिवेशन हुदैंछ । कोभिडको त्राससँगै नयाँ नेतृत्वको लागि दौडधुप शुरु भईसकेको छ । विगतका वर्षहरुमा झैं घरदैलो अभियान भने यो वर्ष गरिएको छैन् । यद्यपी सामाजिक सञ्जाल मार्फत आफनो उमेदवारी घोषणा गर्ने अभियान शुरु भएको छ । नयाँ नेतृत्वको लागि एकातिर सर्वसम्मतको प्रयास छ भने अर्को तर्फ चुनावी तयारीमा समेत जुट्नुपर्ने आवश्यकता छ ।  

अध्यक्षमा बर्तमान बरिष्ठ उपाध्यक्ष नारायण कोइराला र उपाध्यक्ष विन्दु कोईराला सुवेदीको चर्चा छ । अध्यक्षकै चर्चामा रहेका पवनकुमार प्रजापति भने बरिष्ठ उपाध्यक्षमा आफ्नो उमेदवारी पक्कापक्की जस्तै छ । वाणिज्य तर्फको उपाध्यक्ष बर्तमान महासचिव अर्जुन पोखरेलको नाम चर्चामा छ । उद्योग तर्फको उपाध्यक्ष गोकर्ण कार्की र चिनु गुरुङ (वर्तमान उपमहासचिव) को नाम चर्चामा रहेको छ । महासचिवमा वर्तमान कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे महासचिव बन्ने सम्भावना छ ।  

कोषाध्यक्षमा बलराम आचार्यको नाम चर्चामा रहेको छ । उपमहासचिवमा केशव खत्रीको नाम चर्चामा छ । चर्चामा रहेपनि ठोस निर्णय भने कुनैपनि उमेदवारले भने गरिसकेका छैनन् । सर्वसम्मत गर्ने विषयमा भने पूर्वअध्यक्षको आफ्नैखाले राय छ । पूर्व अध्यक्ष रमेश कर्माचार्यले अहिलेको अवस्थामा झगडा गर्न उपयुक्त नहुने भन्दै सर्वसम्मत गर्नुपर्नेमा जोड दिए । ‘सर्वसम्मत हुनुपर्छ, अघिल्लो अधिवेशनले नराम्रो बनायो, उमेदवार नै मिलेर आउनुपर्छ,’ उनको भनाई थियो ।  

नयाँ नेतृत्वको लागि सबै पर्खाईमा छन् । अध्यक्षका प्रत्यासीले आफु नै अध्यक्ष हुनुपर्ने अडान र दाबी गर्दै आएका छन् । पोखराकै जेठो संस्था उद्योग वाणिज्य संघको चुनावी कारणले बैमनस्यता बढाउने थलो भएको पूर्व अध्यक्ष विश्वशंकर पालिखेले सुनाए । ‘चुनावकै कारण आरोप प्रत्यारोप हुदैं आएको छ । मेरो र तेरो मान्छे भन्ने परिपाटीले विचलन आयो । सर्वसम्मत गर्दा विवाद हुन पुग्यो,’ उनले भने, ‘जो जसरी आउँछ, आउन दिनुपर्छ ।’  

संघको आसन्न अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका दुईजना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र उपमहासचिवसहित पोखरा उद्योग वाणिज्य संघको विधान अनुसार १० जना साधारण सदस्यका तर्फबाट,४ जना बस्तुगत,२ जना एसोसिएट र १ जनाले औद्योगिक सदस्यका तर्फबाट संघको कार्यसमितिमा प्रतिनिधित्व गर्नेछन् । संघमा विभिन्न ३ हजार १ सय सदस्य आवद्ध छन् ।  

प्रकाशित: १२ पुस २०७७ ०९:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App