१३ वैशाख २०८३ आइतबार
image/svg+xml
अर्थ

मल विक्रेता सहकारीहरुको अनुगमन

भक्तपुर नगरपालिकाले बिहीबार विभिन्न तीनवटा मल विक्रेता सहकारीहरुको अनुगमन गरेको छ। भक्तपुर नगरपालिका मल वितरण व्यवस्थापन समितिका संयोजक एवं उपप्रमुख रजनी जोशीको नेतृत्वमा मल वितरण व्यवस्थापन समितिका पदाधिकारीहरुले विभिन्न तीनवटा मल विक्रेता सहकारी संस्थाहरुको अनुगमन गरेको हो। देशको कृषि उत्पादन वृद्धि गर्न नेपाल सरकारबाट अनुदान दिइ मल आपूर्ति गरी कृषकहरुलाई विक्री वितरण गर्न र सो को ‘नियमन र अनुगमन गर्न अनुदान मल वितरण व्यवस्थापन निर्देशिका २०७७’ अनुसार गठित समितिले अनुगमन गरेका हो।  

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., सिद्धि कृषि सहकारी संस्था लि. र सिद्धि गणेश सहकारी संस्था लि.का सम्बन्धित कर्मचारी र प्रबन्धकहरुलाई नेपाल सरकारले अनुदान दिएर सुपथ मूल्यमा कृषकहरुलाई उपलब्ध गराउन व्यवस्था गरेको रसायनिक मल व्यवस्थित ढंगले विक्री वितरण गर्न र भक्तपुर नगरपालिकाले निर्धारण गरे वमोजिम युरिया प्रति बोरा उक हजार रुपैयाँ, डि.ए.पी प्रति बोरा रुपैयाँ, दुई हजार चार सय ५० र पोटास प्रति बोरा एक हजार आठ सय ५० रुपैयाँमा बेच्नको लागि निर्देशन दियो। 

अनुगमनको क्रममा सहकारी संस्थाहरुमा बिल भर्पाइ, नगदी रसिद र मल विक्री वितरण फाराम व्यवस्थित रुपले राख्न समेत अनुगमन टोलीले सहकारी संस्थाहरुलाई निर्देशन दियो। अनुगमनमा भक्तपुर नगरपालिकाका मल वितरण व्यवस्थापन समितिका सदस्य प्रमुख प्रशासकीय अधिकृत र कृषि शाखा प्रमुखको पनि उपस्थित थियो।

प्रकाशित: १० पुस २०७७ ०७:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App