१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

गोरखामा कृषि अनुसन्धान केन्द्र

कृषि फार्म । तस्विर ः नरहरि सापकोटा ÷नागरिक <div><br></div>

गोरखा नगरपालिका–११ तेह्रकिलोमा कृषि अनुसन्धान केन्द्र निर्माण भएको छ । गैरसरकारी संघ संस्थामा आवद्ध ब्यक्ति, व्यापारि सहित २३ जनाको टोलीले एक करोड २५ लाख रुपैयाँ लागतमा एकीकरण कृषि फार्म तथा अनुसन्धान केन्द्र सुरु गरेको हो ।  

७ रोपनी आफ्नै र ८० रोपनी जग्गा भाडामा लिएर केन्द्र संचालनमा ल्याइएको अध्यक्ष हरि देवकोटाले बताए । ‘मोडल फार्मको रुपमा विकास गर्ने गरी संचालन गरेका हौं,’ अध्यक्ष देवकोटाले भने ‘यहाँबाट अन्यत्र साना फार्मलाई बिक्री गर्ने, नयाँ फार्म संञ्चालन गर्न प्रोत्साहन गर्ने, अध्ययन र अनुसन्धान गर्ने ठाउँको विकास गर्ने योजना हो ।’ अहिले एकसय वटा बाख्रा रहेको र तीनसय पु¥याउने लक्ष्य फार्म संचालकहरुको छ ।  

बङ्गुरपालन, तरकारी खेती, माछापालन, ४० घार मौरी फार्ममा छ । ‘गोरखा घुम्न आउने विद्यार्थी वा कृषकलाई यहाँ एकपटक आउने, घुम्ने, अनुसन्धान गर्ने ठाउँको रुपमा फार्मलाई विकास गर्छाै,’ प्रबन्ध निर्देशक प्रदीप खनालले भने । उक्त फार्म २०७६ फागुन ३० गतेदेखि सुरु भएको थियो । कृषि उत्पादन आयात गर्नुपर्ने भएकाले स्थानीय स्तरमै उत्पादन बढाउन फार्मले मद्दत पुग्ने उनले बताए ।  

उक्त केन्द्रको गण्डकी प्रदेशका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उद्घाटन गरे । केन्द्र उद्घाटन गर्दै उनले कृषिमा व्यवसायीकरण बढाउन अनुसन्धान केन्द्र, ठुला फार्महरु संञ्चालन हुनुपर्नेमा जोड दिए । बाँझो जग्गालाई उपभोग गर्ने र कृषिमा युवा आकर्षण बढाउन ब्याजमा अनुदान दिने योजना मन्त्रालयको रहेको मन्त्री थापाले बताए । ‘कृषिमा अधिकतम ११ प्रतिशतसम्म ब्याज लिन पाउने र पाँच प्रतिशत सरकारले तिरिदिने ब्यवस्था गरेका छौं,’ उनले भने ‘किसानलाई बैंक, सहकारीबाट ऋण लिँदा अधिकतम ६ प्रतिशत मात्रै ब्याज पर्छ ।’  

गण्डकी प्रदेश सरकारले दैनिक दुईसय लिटर दुध उत्पादन गर्ने सहकारी वा ब्यक्तिलाई प्रतिलिटर दुईरुपैयाँ ५० पैसा अनुदान दिने, निशुल्क पशुबस्तुको बिमा गरिदिने, घाँसमा अनुदान, नश्ल सुधारमा अनुदान दिने कार्यक्रम संचालन गरेको उनले बताए । घाँस स्रोत केन्द्र, दाना उद्योग, खेतीको ब्लक निर्माण जस्ता काममा प्रदेश सरकारले लगानी गर्ने मन्त्री थापाले बताए । 

प्रकाशित: ५ पुस २०७७ ०४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App