१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रदेशको उज्यालो अभियान, मुस्ताङमा ४ सय घरपरिवारलाई सोलार बत्ती जडान

सोलाार बत्ती जडानको उदघाटन गर्दै प्रदेश मन्त्री रामशरण बस्नेत । तस्बिर: नागरिक

यसै त चिसो ठाँउ । त्यसमा पनि अन्धकारमा बस्नुपर्ने बाध्यता । लामो समयदेखि अध्याँरोमै बस्नुपर्ने बाध्यता लोमान्थाङबासीको हटेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाँउपालिकाको दर्जनांै गाँउ उज्यालिएको छ । केन्द्रीय विद्युत प्रशारण लाईन नजोडिएको गाँउहरुमा सौलार बत्ती जडान गरिएको छ । सोलार बत्ती जडानसँगै गण्डकी प्रदेश उज्यालो अभियान घोषणा गरिएको छ ।  

लोमान्थाङ गाँउपालिकाको वडा नं १, २ , ३ र ४ अन्तर्गतका दर्जन भन्दा बढी गाँउका ४ सय घरघुरीमा सोलार बत्ती जडान गरिएको गण्डकी प्रदेश सदस्य ईन्द्रधारा विष्टले सुनाए । गाँउका छोसेर, आर्का, सम्जुङ, भर्चा, म्यानोल, टिमजुङ, ढुक, ठिंगर, थुवा, नाम्ग्याल, टिमलिङ, नाम्दो लगायतका गाँउमा सोलार बत्ती जडान गरिएको उनले बताए । लो–घेरक दामोदर कुण्ड गाँउपालिका ५ स्थित ताङ्गे, ध्ये तथा तल्लो मुस्ताङको बारागुँ क्षेत्रको साङ्ता क्षेत्रका गरी ४ सय घरधुरीमा सोलार जडान गरिएको हो ।  

जडान गरिएको सोलारबाट उदघाटन गण्डकी प्रदेश पूर्वाधार एवं भौतिक मन्त्री रामशरण बस्नेतले गरेका थिए । उनले उदघाटनसँगै गण्डकी प्रदेशलाई उज्यालो अभियानलाई पूर्णता दिने प्रतिबद्धता गरे । गण्डकी प्रदेश सरकारको ६८ लाख ६१ हजार तथा स्थानीयबासीको १७ लाख रुपैयाँको लागत (७५प्रतिशत अनुदान र २५ प्रतिशत जनसहभागिता) सोलार बत्ती जडान गरिएको हो । ‘केन्द्रीय विद्युत प्रशारण लाईन र साना लघु जलविद्युतको पहँुच समेत नपुगेको ठाँउमा सोलार अभियान शुरु गरिएको हो ।’ गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले बताए । जडान गरिएको सोलार परिवार अनुसार ३ देखि ८ वटासम्म बत्ती बाल्न मिल्छ ।  

गण्डकी प्रदेश सरकारले उपल्लो मुस्ताङ बाहेक अन्य तीन जिल्लामा सोलार बत्ती जडान गर्ने योजना छ । सोलार बत्ती जडानको लागि प्रदेश सरकारले २ करोड रुपैयाँ छुट्टाएको छ । मनाङ, म्याग्दी र गोरखाको उच्च हिमाली क्षेत्रमा करीव ११०५ घरपरिवारमा सोलार बत्ती जडान गरिने योजना प्रदेश सरकारको छ । गोरखामा ४६० वटा, म्याग्दीमा १२० र मनाङमा १२५ घरपरिवारलाई सोलार जडान गरिने छ । मनाङको लागि २० लाख ६८ हजार, म्याग्दीमा सोलार जडान गर्न २० लाख ७३ हजार  र गोरखामा ८० लाख रुपैयाँ बजेट छुट्टाइएको छ ।  

प्रकाशित: २३ मंसिर २०७७ ०९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App