२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

२ करोड लगानी गर्ने किसानलाई ४० प्रतिशत अनुदान दिने ‘पाइलट कार्यक्रम’ सुरु गरिने

सरकारले ठुला किसानलाई व्यावसायिक कृषिको क्षेत्रमा आकर्षित र प्रोत्साहित गर्न आगामी आर्थिक वर्षको बजेटमार्फत विशेष अनुदानको घोषणा गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै न्यूनतम २ करोड रुपैयाँसम्म पुँजी लगानी गर्ने किसानलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने ‘पाइलट कार्यक्रम’ सञ्चालन गरिने जानकारी दिए।

सङ्घीय संसद्को संयुक्त बैठकमा मङ्गलवार बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले कृषि क्षेत्रमा ठुलो पुँजी लगानी भित्र्याउन यस्तो नीति लिइएको बताए।

सरकारले ल्याएको यो नयाँ कार्यक्रमले कृषिमा व्यावसायिकता र आधुनिकीकरणलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।

प्रकाशित: १५ जेष्ठ २०८३ १६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App