४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

यती र बुद्धको पर्वतीय उडान सुरु हुँदै

कोरोनाका कारण गत चैतदेखि बन्द रहेको पर्वतीय उडान यसै महिनादेखि सुरु हुने भएको छ । आन्तरिकतर्फका निजी वायुसेवा कम्पनी यती एअरलाइन्सले मंसिर २० बाट पर्वतीय उडान (माउन्टेन फ्लाइट) पुनः सुरु गर्ने जनाएको छ ।

आन्तरिक पर्यटकीय गतिविधि बढाउन केही समयअघि विभिन्न गन्तव्यको लागि न्यूनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले उच्च सतर्कता अपनाएर सुपथ मूल्यमा पर्वतीय उडान सुरु गर्न लागेको जनाएको छ ।  

यतीले नेपाली यात्रु र नेपालमा बसोबास गर्ने विदेशी तथा भारतीय नागरिकका लागि छुट्टाछुट्टै उडान प्याकेज घोषणा गरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । यतीले नेपाली यात्रुका लागि आठ हजार नौ सय ९९ र नेपालमा बसोबास गर्ने वा काम गर्ने विदेशी तथा भारतीय यात्रुका लागि १३ हजार चार सय ९९ रूपैयाँमा दुईवटा टिकट दिने जनाएको छ । यस अन्तर्गत यात्रुले झ्यालको एउटा टिकट किन्दा सँगैको सिटको अर्को टिकट निःशुल्कको प्राप्त गर्नेछन् ।  

पर्वतीय उडानमा गौरीशंकर, मेलुम्चे, चोयु, नुप्त्से, आमादब्लमको साथै सगरमाथाको नजिकबाट अनुभव लिन सक्ने उनले बताए । उनका अनुसार प्रत्येक शनिबार काठमाडौंबाट नियमित पर्वतीय उडान हुनेछ । बुद्ध एयरले पनि सोही मितिदेखि पर्वतीय उडानको तयारी गरेको छ । बुद्धले शनिबार पहिलो पर्वतीय परीक्षण उडान भरेको छ । हरेक शनिबार पर्वतीय उडानको तयारी थालेको बुद्धले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सगरमाथा, मकालु, नुप्त्से, गौरीशंकरसहित हिमशृंखलाको अवलोकन गराउने जनाएको । बुद्धले पनि पर्वतीय उडानमा एउटा किन्दा अर्को टिकट सित्तैमा दिने र सोको मूल्य आठ हजार नौ सय रूपैयाँ तोकेको जनाएको छ ।

प्रकाशित: १६ मंसिर २०७७ ०५:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App