२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अवैध उत्खनन रोक्न र क्रसर उद्योग बन्द गर्न प्रशासनद्वारा स्थानीय तहलाई पत्राचार

मापदण्ड विपरित संचालन भएका क्रसर उद्योग बन्द गर्न र अवैध रुपमा भईरहेको उत्खनन रोक्न जिल्ला प्रशासन कार्यलयले गोरखाका स्थानीय तहलाई पत्राचार गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले ढुङ्गा गिटी बालुवा उत्खनन गर्ने, थुपार्ने, उठाउने गरेको भनि जनगुनासो आएकाले खोला, नदीबाट त्यस्ता क्रियाकलापन हुन नदिन स्थानीय तहलाई अनुरोध गरिएको बताईन्।  

‘त्यस पालिका भित्र संचालित क्रसर उद्योगहरु कानुन बमोजिम गर्नुपर्ने नबिकरण तथा प्रक्रिया नपुगेको देखिएकाले त्यस्ता उद्योगको हकमा हाललाई बन्द गर्नु गराउनसमेत आदेशअनुसार अनुरोध छ’ जिल्ला प्रशासनले ११ वटै स्थानीय तहलाई पठाएको पत्रमा भनिएको छ। राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा रणनीतिक आयोजनालाई सामग्री आपूर्ती गर्न लागि खुलेका तथा सम्झौता भएकाको हकमा सोही आयोजनालाई मात्र आपूर्ति गर्ने गरी संचालन गर्न दिन भनिएको छ। आईतबार प्रशासन कार्यालयले सबै पालिकालाई पत्राचार गरेको जनाएको छ।  

गृह मन्त्रालयले ढुङ्गा, गिटी, बालुवा तथा खानीजन्य उद्योगको संख्या, मापदण्ड पालना गरे–नगरेको तथा दर्ता भएरनभएको यकिन विवरण सात दिनभित्र पठाउन निर्देशन गरेपछि प्रशासन कार्यालयले यहाँका क्रसर उद्योगको विवरण मागेको थियो।  

प्रशासनले पालुङटार नगरपालिका वडा नम्बर १ सुन्दुरखोलाको सिम्रन क्रसर उद्योग, मसानेपाटीमा रहेको माइ मनकामना क्रसर उद्योग र गोरखा नगरपालिका वडा नम्बर १० मा संचालित गोरखकाली क्रसर उद्योगको विवरण मागेको सहायक प्रजिअ खत्रीले बताईन। ति उद्योगले संचालन हुन पु¥याउनुपर्ने मापदण्ड पालना नगरेकाले गृहमन्त्रालयको आदेश अनुसार बन्द गर्न प्रशासनले स्थानीय तहलाई अनुरोध गरेको जनाएको छ।  

प्रकाशित: १५ मंसिर २०७७ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App