२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

वर्ल्डलिंकलाई अन्तर्राष्ट्रिय पुरस्कार

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड इन्फर्मेसनले डिजिटल अपरच्युनिटी इन्क्लुजन ‘मेरिट पुरस्कार’ जितेको छ । टेक्नोलोजी एन्ड सर्भिस एलाइन्स (विट्सा) ले मलेसियाको पेनाङमा आयोजित २०२० टेकफेस्ट लाइभ रोड–टू–विट्सा मलेसिया हाइब्रिड कार्यक्रमको दोस्रो दिन विभिन्न विधामा पुरस्कार घोषणा गरेको थियो । उक्त समाहरोहमा वल्र्डलिंकले नेपालका विभिन्न भाग लगायत कर्णली प्रदेश जस्तो विकट क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पु-याएकोमा उक्त पुरस्कार जितेको कम्पनीको भनाइ छ । हालसम्म यो पुरस्कार पाउने वल्र्डलिंक नेपालको पहिलो कम्पनी रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

सन १९७८ मा स्थापित वल्र्डलिंक इन्फर्मेसन टेक्नोलोजी एन्ड सर्भिस एलाइन्स (विट्सा) आइसिटी उद्योग संघ सदस्यको एक अग्रणी संस्था हो जसमा विश्वभरका ८० भन्दा बढी देशका संस्था आबद्ध भएको कम्पनीले जनाएको छ । विश्वव्यपी आइसिटी उद्योगको अग्रणी संघको रूपमा मान्यता प्राप्त भएकोले विट्साले आइसिटीको रूपान्तरणको लागि र उद्योग वृद्धि गर्ने उद्देश्यका साथ आइसिटीको विश्वव्यापी अर्थव्यवस्थाको प्रमुख सम्बाहकको रूपमा काम गर्दै आइरहेको छ ।

प्रकाशित: १५ मंसिर २०७७ ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App