१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कपिलवस्तुका क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र मापदण्ड विपरित: प्रजिअ पौडेल

मापदण्ड विपरितका उद्योगको लाइन काटिँदै

कपिलवस्तुका सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र उद्योग सरकारले तोकेको मापदण्ड विपरित रहेको कपिलवस्तुका प्रजिअ दीर्घनारायण पौडेलले बताएका छन्। गुह मन्त्रालयले क्रसर र बालुवा प्रशोधन केन्द्रको अवस्था बुझेर प्रतिबेदन पठाउन देशभरका प्रशासन कार्यालयमा परिपत्र गरेपछि प्रजिअ पौडेलको नेतृत्वमा क्रसर र बालुवा प्रशोधन केन्द्रको गरिएको स्थलगत अनुगमनपछि सो तथ्य बाहिर आएको हो। बाणगंगा, शिवराज, कृष्णनगर, बुद्धुभुमी र कपिलवस्तु नगरपालिमा रहेका क्रसर बालुवा प्रशोधन केन्द्रको अनुगमन गरिएको छ।  

गत कार्तिक २ गतेबाट प्रजिअ पौडेलको अगुवाईमा संयुक्त अनुगमन जारी छ। ‘जिल्लाका सबै क्रसर उद्योग तोकेको मापदन्ड बिपरित संचालनमा रहेका पायौ’ प्रजिअ पौडेलले भने। क्रसर उद्योग नदी बस्ती, धार्मिकस्थल, वन र अन्य भौतिक संरचनाबाट मापदन्डले तोकेभन्दा नजिकमा संचालनमा रहेको प्रजिअ पौडेलले बताए। बाणगंगा नगरपालिकामा रहेको क्रसर उद्योगहरु न्यु बाणगंगा, बाणगंगा, ल्म्बिनी कंक्रिट उद्योग बाणगंगा नदी, वन क्षेत्र र पुलबाट नजिक छन्। 

मापदण्ड विपरितका क्रसर उद्योगले ढुंगा, गिट्टी र बालु्वा बेच्ने नाममा मनपरी गरेको उनले बताए। ‘क्रसर उद्योगमा कहिल्यै स्टक सकिदैन, बालुवा र गिट्टीको रास सधै रही रहन्छ।’ अनुगमन गएको थाहा पाएपछि बुद्ध्भुमी नगरपालिका–१ महेन्द्रकोटमा रहेको सत्यादेवा क्रसर उद्योगका संचालकहरु भागेको प्रजिअ पौडेलले बताए। सो क्रसर उद्योग वनजंगलको बीचमा रहेकोले लाइन काट्ने प्रकृयाअघि बढाइएको उनले बताए। जिल्लामा २१ वटा क्रसर उद्योग र ३० वटा बालुवा संचालनमा रहेको प्रशासन कार्यालयले जनाएको छ। शिवराज, कृष्णनगर नगरपालिमा रहेका क्रसर र बालुवा प्रशोधन केन्द्रको ईलाका प्रशासन कार्यालय चन्द्रौटाले अनुमगन गरेको छ।  

बालुवा प्रशोधन केन्द्रले गर्छन् क्रसरको काम

कपिलवस्तुका बालुवा प्रशोधन गर्ने भनि ईजाजत लिएका बालुवा प्रशोधन केन्द्रले क्रसरको काम गर्दै आएका छन्। बालुवा प्रशोधन केन्द्रले नदीबाट ल्याइएका बालुवा धोएर र चालेर प्रशोधन गरी बिक्री गर्न पाउने प्रावधान छ। तर जिल्लाका सबै जसो बालुवा प्रशोधन केन्द्रले भने क्रसर उद्योगले जस्तै ढुंगा, गिट्टी ल्याएर प्रशोधन गर्ने, मिस्कट चालेर बेच्ने गरेको पाइएको प्रजिअ पौडेलले बताए। गत कार्तिक २ गते बाणगंगा नगरपालिकाको बुङची नजिकै रहेको सिद्धार्थ एग्रीगेट बालुवा प्रशोधन केन्द्रमा अनुगनमा जादा संचालनहरु फरार भए। सो उद्योगमा ढुंगा, गिट्टीहरु प्रशोधन गरेको पाइएको थियो।  

उद्योगका संचालकहरु नारायण भुसाल, नारायण अर्याल लगायतका ४ जना संचालन नै अनुमगन टोली देखेर भागेका थिए। प्रजिअ पौडेलले सो उद्योगसहित मापदण्ड विपरित रहेका सबै क्रसर र बालुवा प्रशोधन केन्द्रलाई बन्द गरिने बताए। ती उद्योगको पहिलो चरणमा लाइन काटिने उनले बताए। जिल्ला प्रशासन कार्यालयको टोलीले क्रसर र ६ वटा बालुवा प्रशोधन केन्द्र तथा चन्द्रौटा प्रशासन कार्यालयले ८ वटा क्रसर र ६ वटा बालुवा प्रशोधन केन्द्रको अनुमगन गरेको छ।  

प्रशासनद्वारा स्टक बिक्रीमा रोक

स्थानीय प्रशासनले ढुंगा, गिट्टी बालुवा बिक्री वितरणलाई ब्यवस्थित गर्न तत्कालका लागि बिक्री वितरणमा रोक लगाएको छ। नदी नालाबाट उत्खनन गरी क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रले संकलन गरेका ढुंगा, गिट्टी बालुवाको स्टक नाप जाँच गरी परिणाम यकीन नभएसम्मका लागि प्रशासनले सू्चना जारी गरी सो बिक्री वितरणमा रोक लगाएको हो। जिल्ला समन्वय समिति, सम्बन्धित स्थानीय तह, जिल्ला प्रहरी कार्यालय र प्राबिधिक ईन्जिनियर टोलीबाट परिमाणको यकीन गरेपछि मात्र बिक्री वितरण खुला गरिने प्रजिअ पौडेलले बताए। प्राबिधिक टोलीको प्रतिबेदनपछि नजिकको प्रहरी इकाईको समन्वयमा मात्र बिक्री वितरण गर्न पाइने छ। त्यति बेलासम्म नदी र खानीबाट नदीजन्य पदार्थको उत्खनन र संकलनमा प्रशासनले बन्देज लगाएको छ।

प्रकाशित: ८ मंसिर २०७७ १२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App