१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तेल चोर्ने नयाँ तरिका, १५ लाख रूपैयाँ जरिवाना गर्ने

तेलमा मिसावट गर्ने ट्यांकर चालकलाई नेपाल आयल निगमले धमाधम पक्राउ गरेर मुद्दा चलाउन थाले पनि तेल चोर्न नयाँ तरिका अपनाएको फेला परेको छ।  

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा कानुन विपरीत थप अर्को च्याम्बर बनाएर चोरी गर्ने गरेको भेटिएको नेपाल आयल निगमले जनाएको छ। वीर बेताल आशिर्वाद कम्पनीको नाममा रहेका ना ७ ख ३९९६ र ना ७ ख २९९५ नम्बरका दुई वटा ट्यांकरमा अर्को च्याम्बर बनाएर तेल चोरी गर्दै आएको निगमले जनाएको छ। प्राविधिक बाहेकले पत्ता लगाउन नसक्ने गरी फल्स च्याम्बर जडान गरिएको छ। 

ट्यांकरमा बनाएकाले कानुन बमोमिज कारबाही गर्ने निगका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए। ‘ट्यांकरमा वेल्डिङ गरी छुट्टै च्याम्बर बनाउने काम क्षम्य हुँदैन, उनले भने।

कानुन विपरित काम गर्ने ट्यांकरलाई १५ लाख रुपैयाा हर्जना तिराउने तयारी भएको नेपाल आयल निगमका प्रवक्ता विनित मणि उपाध्यायले बताए।

ट्यांकरका सञ्चालक प्रज्ज्वलराज भट्ट, दीपेन्द्र बहादुर बम र सदेन व्यञ्जनकार हुन्। ट्यांकर चालक तथा सहचालक फरार रहेका छन्।

प्रकाशित: ५ मंसिर २०७७ ०४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App