८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

विदेशको कमाइ, स्वदेशमा लगानी

पाँच वर्ष दक्षिण कोरिया बसेर गाउँ फर्किएका जैमिनी नगरपालिका–५ बिनामारेका मधु पौडेल अहिले बोलेरो जीप चलाउँछन्।विदेश जानुअघि देशमै सिकेको सीपले उनलाई काममा सघाएको छ, कोरियामा कमाएको पैसाले बोलेरो  जोड्यो ।

पाँचवर्षे करार अवधि भ्याएर घर फर्किएका उनी फेरि विदेश फर्किने सोच बनाएनन्।अहिले उनी यातायात व्यवसायमा हात हालेका छन्। जैमिनीकै राङखानीका बोमबहादुर विकले विदेशमा कमाएको पैसा फर्निचर उद्योगमा लगानी गरेका छन।रोजगारीका लागि विभिन्न देशमा  लामो समय विदेशमै बसेका विकले राङखानीकै व्याडथलामा फर्निचर उद्योग सञ्चालनमा ल्याएका छन्।मलेशिया, साउदीदेखि कोरियामा मात्र १० वर्ष बिताउँदा नमरेको पैसा कमाउने धित मार्न उनले गाउँमै लगानी गरेका हुन्।

विदेशमा कमाएको धेरथोर पैसा साना व्यवसायमा लगानी गर्दा निरन्तर आम्दानी र अन्यलाई रोजगारीसमेत हुने उनेको बुझाइ छ।उनको उद्योगमा पलङ, कुर्ची, टेबल, झ्यालढोकालगायतका काठका सामग्री निर्माण गरिन्छ। यसबाट उनी बाहिरी बजारमा जाने गाउँको पैसा गाउँमै रोकिएको भनाई छ।उद्योगमा ५० लाख लगानी गरेको विकले बताए।‘धेरै विदेश धाइयो अलिअलि कमाइ भयो, विदेशको कमाइ भलबाढी हो धेरै टिक्दैन’, विक भन्छन्, ‘निरन्तर आम्दानीका लागि देशमै केही गर्नैपर्छ ।’ लगानी नगरी प्रतिफल नआउने भन्दै विकले कमाएको पैसा यत्तिकै राख्दा कुनै फाइदा नहुने बताए।विकको फर्निचरमा उनको परिवार र केही गाउँका युवाले समेत काम गर्छन् ।

‘मैले ४०/५० लाख लगानी गर्दा घरपरिवार र छिमेकीलाई समेत काम पुगेको छ’, उनी भन्छन्, ‘काम भए कमाइ हुन्छ, कमाइ भए खर्च पुग्छ ।’ उनले विदेशका मानिसहरुको व्यवसायप्रतिको मोह देखेर आफूले पनि सानो व्यवसाय थालेको बताए। फर्किए।दुबईमा काम र दाम धेरै राम्रो थियो तर उनी ११ वर्षको दुबई बसाइ सकेर गाउँघरमै व्यवसायमा लागेका छन। उनले दुबईमा कमाएको पैसा लगानी गरेर कुश्मीशेरा बजारमा ‘जैमिनी कृषि तथा पशुपक्षी फार्म एण्ड रिसर्च सेन्टर तथा ब्लक उद्योग’ सञ्चालनमा ल्याएका छन्।

विदेशको सिकाइ र भोगाइलाई साना व्यवसायमा लगाउने योजना बनाएका पुनले ब्लक उत्पादनदेखि पक्षीको फार्मसम्मका लागि ५० लाख लगानी गरेका छन्। ‘ठूलो योजना बनाएर कामको थालनी गरेका छौं, पुन भन्छन् , ‘ब्लक उद्योगबाट शुरु गरेका छौं’, उद्योगबाट दैनिक ५०० ब्लक निर्माण हुनेछ, त्यहाँ तीन व्यक्तिले रोजगारी पाउँछन् ।’ उद्योगअन्तर्गत बङ्गुरपालन शुरु भएको छ।पाँच सय बङ्गुर पाल्ने योजना छ।त्यहाँँ बङ्गुरपालनसँगै कुखुरा, टर्की, बट्टाइ, कडकनाथ र माछापालन गर्ने लक्ष्यसाथ अहिले काम शुरु गरिएको छ।‘आफ्नै ठाउँमा गरे हुन्छ भन्ने सन्देश दिने इच्छा छ’, पुन भन्छन्, ‘विदेशमा दुःखले कमाएको स्वदेशमा लगानी गरेर रोजगारी सिर्जना गर्ने लक्ष्य हो ।’

उल्लिखित तीन युवाका अतिरिक्त जैमिनीमा विदेशमा कमाएर गाउँघरमा लगानी गर्ने युवाको उल्लेख्य सङ्ख्या छ।पशुपालन, व्यापार, व्यावसायिक केराखेती, माहुरीपालन तथा साना उद्योगको सञ्चालनमा युवाले सहभागितात्मक लगानी बढाएका छन्।युवाको सक्रियताअनुसारको साथ स्थानीय सरकारले नदिएको युवाहरुको गुनासो छ। रासस

प्रकाशित: ३ मंसिर २०७७ ०४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App