१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बाँझो जग्गा सदुपयोग गर्दै गाउँपालिका

धनकुटाको सहिद भूमि गाउँपालिकाले बाँझै रहेको सार्वजनिक जग्गा सदुपयोग गर्दै फलफूलका बिरुवा रोपेको छ । गत असारमा विश्व वातवरण दिवसको अवसरमा गाउँपालिकाले युएनडिपी र पर्डेप नेपालसँगको समन्वयमा साढे तीन सय रोपनी जग्गामा एक हजार एभोकाडो र आँपको बिरुवा रोपेको हो ।  

पछिल्लो समय धनकुटाको स्थानीय तहमा बाँझो जमिन सदुपयोग गर्ने अभियान सञ्चालन भइरहेको छ । सोही अनुरूप सहिद भूमि गाउँपालिकाले पनि बाँझो सार्वजनिक जग्गामा फलफूलको बिरुवा रोपण कार्यक्रम अघि बढाएको हो ।  

वृक्षरोपणअन्तर्गत गाउपालिकाको वडा नं ६ थलथलेमा डेढ सय रोपनीमा पाँच सय एभोकाडो रोपिएको छ । त्यस्तै वडा नं १ को गोपालपुर बिडीटोलमा दुई सय रोपनीमा पाँच सय आँपको बिरुवा रोपिएको छ । रोपिएका बिरुवा साढे पाँच लाख बराबरमा खरिद गरेर वृक्षरोपण गरेको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मिनप्रसाद सुवेदीले बताए ।

प्रकाशित: ६ कार्तिक २०७७ ०४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App