१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

म्याद नाघेका बस्तु संकेत गरेर छुट्टै नराखे जफत गरिने

फुङ्लिङ बजारको एक पसल अनुगमनका क्रममा म्याद भए÷नभएको परीक्षण गर्दै उद्योग अधिकृत देउप्रकाश तामाङ । तस्बिर : खगेन्द्र/नागरिक

बजार अनुगमनमा एउटै प्रकृतिका समस्या दोहोरिन थालेपछि अनुगमन समितिले अब अनुगमनबाट कैफियत देखिएमा छुट नदिने नीति लिएको छ। आइतबार ताप्लेजुङको फुङ्लिङका बजार र पसल अनुगमन गर्दा उहीं नियती दोहोरिएको पाएपछि अब कडा रुपमा प्रस्तुत हुने तयारीमा अनुगम समिमित लागेको हो।  

उद्योग अधिकृत देउप्रकाश तामाङ उपभोक्ता हित बिपरितका जुनसुकै त्रुटी पनि अबका अनुगमनबाट दोहोरिन नदिने गरीको योजनामा अनुगमन समितिले तयारी थालेको बताउँछन्। उनले अबका अनुगमनमा म्याद गुज्रेका वा अखाद्य सामान भेटिए जफत गर्ने र उस्तै अवस्थामा पसल सिल समेत गर्ने तयारी सुनाए। आइतबारबाट फुङ्लिङ नगरपालिकाको संयोजनमा घरेलु कार्यालय र प्रशासनले संयुक्त रुपमा बजार अनुगमन थालेका छन्।

नगरपालिकाका आन्तरिक लेखा परीक्षण अधिकृत भूपालकुमार सेन्दाङ बजार अनुगमन प्रभावकारी र उपभोक्तामैत्री बनाउन अनुगमन समितिले बिशेष कार्ययोजना बनाउने बताउँछन्। उनले उपभोक्ताको हितलाई ध्यानमा राखेर गरिने बजार अनुगमनका क्रममा उपभोक्तामैत्री व्यवसाय सञ्चालन भएको नपाइए अनुगमन समितिले कानुनी कारवाहीका लागि प्रकृया अघि बढाउने बताए। 

नगरपालिकाको बजार अनुगमन निर्देशिकाले उपभोक्ता हित बिपरितको कार्य गरेको पाइए नगरपालिकाले खटाएको अनुगमन समितिलाई ठाउँको ठाउँ समेत कारवाही गर्ने अधिकार प्रत्योजन गरेको छ। ‘अब कुनैपनि हालतमा उपभोक्ता हीत बिपरितका कार्यमा छुट दिने अवस्था छैन’ सेन्दाङले भने।  

बजार अनुगमन समितिले म्याद गुज्रेका सामान छुट्टै भण्डारण गरी बाहिर म्याद सकिएको जनाएर राख्न, मूल्य सूची अनिवार्य राख्न र अद्यावधिक गर्न, धुलोका कणहरु पस्न नदिने गरी आन्तरिक व्यवस्थापन गर्न व्यवसायीलाई सल्लाह दिएको छ। उसले दर्ता र नविकरण हुनुपर्ने निकायमा त्यो नगरेको भए तत्काल गर्न समेत सुझाएको छ। ‘व्यवसायीले उपभोक्तामैत्री नीति नियमको पालना नगरे अबका अनुगमन उनीहरुका लागि घातक बन्न सक्छ’ उद्योग अधिकृत तामाङले दोहो¥याए।  

उनले अनुगमन समितिबाट प्राप्त सल्लाहलाई मजाकका रुपमा नलिन समेत आग्रह गरेका छन्। बजार अनुगमनका क्रममा मूल्य सूची नराखिनु, राखेपनि नियमित अद्यावधिक नहुनु, म्याद गुज्रेका सामानलाई व्यवस्थापन नगरी बिक्रीस्थलमा राखिनु, अधिकांस पेयपदार्थको म्याद सकिएको हुनु, दर्ता र नविकरणमा समस्या देखिनु जस्ता समस्या देखिएका छन्।  

सबैलाई कानुनी दायरामा ल्याउ  

अनुगमनका क्रममा केहि व्यवसायीले भने व्यवसाय सञ्चालन गर्ने सबैलाई दर्ता र नविकरणका सवालमा कानुनी दायरामा ल्याउन माग गरेका छन्। व्यवसायी तुलसी पौडेलले व्यवसाय दर्ता र नविकरणका सवालमा कसैलाई छुट नदिन माग गरे। ‘यदि यस्तो गर्ने हो भने दर्ता र नविकरणको प्रकृयामा गएकाहरु सधैं मारमा परिरहन्छन्’ उनको तर्क थियो।

प्रकाशित: २ कार्तिक २०७७ ०९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App