१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

चाउमिन उद्योगलाई ५० हजार जरिवाना

गुलरिया स्थित बागेश्वरी चाउमिन उद्योगलाई ५० हजार जरिवाना गरिएको छ। खाद्य प्रविधि गुणस्तर नियन्त्रण बाँके, घरेलु तथा साना उद्योग बर्दिया र जिल्ला प्रशासन कार्यालय बर्दियाको नेतृत्वमा संयुक्त अनुगमनका क्रममा बागेश्वरी चाउमिन उद्योगलाई जरिवाना गरिएको हो।

उक्त चाउमिन उद्योगले निर्माण गरेको मिति २ महिना पछाडीको राखेको, व्यावसायको साइनबोर्ड नभएको र मुख्य सूचि नराखेको र चार वर्ष देखि उद्योग नविकरण नगरेको भनि जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहले बताए।  

अनुगमनमा ६ सय ९६ वटा चाउमिन सस नष्ट गरिएको र संस्था नविकरण र अनुज्ञा पत्र नलिए सम्म उक्त उद्योगलाई सिल गरिएको सहायक प्रमुख शाहले जानकारी गराए।  

प्रकाशित: २९ आश्विन २०७७ १३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App