२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनएमबीले २४ घन्टाभित्रै अटो लोन लिने

एनएमबी बैंक लिमिटेड र नेपालमा किया अटोमोबाइलको एक मात्र वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजबीच सम्झौता भएको छ। किया अटोमोबाइलको प्राथमिक फाइनान्सिङको रूपमा सहज कार्यान्वयनको लागि द्विपक्षीय समझदारी भएको बैंकले जनाएको छ।

 उक्त सम्झौतामा बैंकका प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र कन्टिनेन्टलका निर्देशक आशिष पौड्यालले हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ। सम्झौता अनुसार बैंकले कन्टिनेन्टलद्वारा रेफर गरिएका व्यक्तिलाई एनएमबि अटो लोन सर्वसुलभ ब्याजदरमा २४ घन्टाभित्र प्रवाह गर्ने जनाइएको छ।

प्रकाशित: २७ आश्विन २०७७ ०१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App