३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सांग्रिलाले स्वराज मज्दा गाडीमा कर्जा दिने

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिबीच गाडी खरिदका लागि कर्जा उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी कमर्सियलका कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ। 

सम्झौता अनुसार बैंकले स्वराज मज्दा (एसएमएल) ब्रान्डको कमर्सियल गाडीको आधिकारीक बिक्रेता लक्ष्मी कमर्सियलबाट नयाँ गाडी किन्ने ग्राहकलाई १२.५ प्रतिशत ब्याजमा गाडीको मूल्यको अधिकतम ७५ प्रतिशतसम्म कर्जा दिने जनाइएको छ। उक्त सुविधा बैंकका देशभरका शाखाबाट लिन सकिने बताइएको छ। हाल बैंकले ९१ शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित: २२ आश्विन २०७७ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App