३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

हुन्डाई गाडी किन्न सांग्रिलाको कर्जा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबीच गाडी खरिदका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ।

सम्झौता अनुसार बैंकका ग्राहकले हुन्डाईको गाडी किन्न चाहे ९.५ प्रतिशत ब्याजदरमा गाडीको मूल्यको ५० प्रतिशतसम्म कर्जा पाउन सक्ने बैंकले जनाएको छ। बैंकको देशभर रहेका ९१ शाखाबाट कर्जा लिन सकिने छ।

प्रकाशित: २० आश्विन २०७७ ०२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App