१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सेती खोलामा कुमारी र इन्फ्रास्ट्रक्चर बैंकले लगानी गर्ने

कुमारी बैंक लिमिटेडको अगुवाइ तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सह–अगुवाइमा सेतीखोला हाइड्रोपावर प्रालिले कास्कीको पोखरा महानगरपालिकामा निर्माण गर्न लागेको २२ मेगावाट क्षमताको सेती खोला हाइड्रोपावर परियोजनामा कर्जा लगानी गर्न सहवित्तीयकरण सम्झौता सम्पन्न भएको छ।  

आइतबार भएको उक्त सम्झौता अनुसार कुमारी बैंक लिमिटेडले २ अर्ब र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले १ अर्ब २५ करोड गरी जम्मा ३ अर्ब २५ करोड रूपैयाँ बराबरको कर्जा सीमा स्वीकृत भएको छ। कुमारी बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा कुमारीका नायब महाप्रबन्धक रामचन्द्र खनाल, इन्फ्रास्ट्रक्चरका नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे र परियोजनाको तर्फबाट अनुप आचार्य लगायतको उपस्थिति रहेको थियो इन्फ्रास्टक्चर बैंकको विज्ञप्तिमा उल्लेख छ।  

कार्यक्रममा आचार्यले विद्यमान प्रतिकूल परिस्थितिका बाबजुद परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफू उत्साहित भएको र परियोजना निर्माण कार्य दु्रत गतिमा सञ्चालन गरी परियोजनाको अनिवार्य व्यावसायिक सञ्चालन मितिभित्रै परियोजना सम्पन्न गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे।  

कुमारी बैंकका नायब महाप्रबन्धक खनालले उक्त बैंकले हालसम्म ४९ वटा विभिन्न परियोजनामा २२ अर्ब ८५ करोड बराबरको कर्जा सीमा स्वीकृत गरिसकेको बताए। इन्फ्रास्ट्रक्चरका नायब कार्यकारी अधिकृत पाण्डेले उक्त बैंकले हालसम्म ७ वटा विभिन्न परियोजनामा ८ अर्ब ३५ करोड बराबरको कर्जा सीमा स्वीकृत गरिसकेको जानकारी गराए। उक्त परियोजनामा स्थानीय बासिन्दाको समेत उलेख्य लगानी रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १९ आश्विन २०७७ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App