१३ आश्विन २०८१ आइतबार
image/svg+xml

तीन महिनामा ‘निफ्रा’को नाफा रु ३७ करोड ८६ लाख

निफ्राको नियामकीय समायोजन (रेगुलेटरी एड्जस्टमेन्ट) पछिको नाफा भने रु २९ करोड ८५ लाख ७७ हजार छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६ दशमलव ५८ प्रतिशत अर्थात् रु १० करोड ७९ लाखले बढी हो।

‘चार वर्षभित्र पूर्वाधारमा सय अर्ब लगानी’

सरकारले पूर्वाधार क्षेत्रका आयोजनाहरूको विकासलाई गति दिन २०७५ फागुन २२ देखि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड सञ्चालनमा ल्याएको छ । २० अर्ब चुक्ता पुँजी रहेको यो बैंकको स्थापनाले पूर्वाधारमा लगानीको स्रोत जुटाउन सहज हुने धेरैको अपेक्षा छ । पूर्वाधार क्षेत्रमा लगानी गर्ने मुख्य उद्देश्य राखेर बैंक स्थापना भए पनि यसले गर्ने काम र प्रक्रियाबारे सर्वसाधारणमा अन्योल देखिन्छ । इन्फ्रास्ट्रक्चर बैंक स्थापनाको उद्देश्य, यसले लगानी गर्ने प्रक्रिया तथा भावी योजनामा केन्द्रित रही नागरिककर्मी रुद्र खड्काले बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडासँग गरेको कुराकानी ।

इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश १ मा लगानी गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले प्रदेश १ मा लगानी गर्ने भएको छ। प्रदेश सरकारले प्राथमिकता तोकेका आयोजनामा बैंकले लगानी गर्न लागेको हो। बैंकले पहिलो चरणमा प्रदेश सरकारले प्राथमिकतामा राखेका ६० मध्येका पाँच आयोजनामा लगानी गर्ने तयारी गरेको छ।

इन्फ्रास्ट्रक्चर बैंकको शेयर यहि साताबाट कारोबारमा आउँदै

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर यो हप्तादेखि कारोबारमा आउने भएको छ। बैंकको सेयर सूचीकरणका लागि नेप्सेमा पुगिसकेको जनाइएको छ। नेप्सेमा यही हप्ता सूचीकरण गरेर कारोबारमा आउने तयारी रहेको छ।

सेती खोलामा कुमारी र इन्फ्रास्ट्रक्चर बैंकले लगानी गर्ने

कुमारी बैंक लिमिटेडको अगुवाइ तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सह–अगुवाइमा सेतीखोला हाइड्रोपावर प्रालिले कास्कीको पोखरा महानगरपालिकामा निर्माण गर्न लागेको २२ मेगावाट क्षमताको सेती खोला हाइड्रोपावर परियोजनामा कर्जा लगानी गर्न सहवित्तीयकरण सम्झौता सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्