coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कालङ्गा हाइड्रोपावरको काम अन्तिम चरणमा

कालङ्गा हाइड्रोपावर हाउसको भवन

जिल्लाको बिकट तथा बिकासमा पछाडि पारिएको बुंगल नगरपालिका वा ५ को पाउँटामा संचालन गरिएको कालङ्गा हाइड्रोपावरको काम तीव्र रुपमा अघाडि बढि रहेको छ। तीन वर्ष भित्र काम पुरा गरि विद्युत वितरण गर्ने लक्षण लिएर ०७३ चैत्र ८ गतेबाट हाइड्रोपावरको काम सुरु भएको थियो।      

स्वदेशी लगानी स्वदेशी प्राविधिको सहयोगमा संचालन हुन लागेको कालङ्गा हाइड्रोपावरको  काम चार महिनामा सम्पन्न हुने लगानी कर्ता तथा संचालनका समितिका सदस्य शिव घिमिरेले  बताए। हाइड्रोपावरको काम अहिले ९२ प्रतिशत सम्पन भएको उनले बताए।  कालङ्गा हाइड्रोपावरको  क्षमता १५.३३ मेघावाट हो सबै भन्दा अप्ठायारो काम सुरुङ्गमार्ग भए पनि साढे ३ किलो मिटर सुरुङ्गमार्गको काम पुरा भई नहर पावर हाउसको घर   र बाँध समेत पुरा भएको उनले बताए।  

देशकै दुर्गम सुदूरपशिचम त्यसमा पनि बझाङ्ग बझाङ्गको बुगल झनै बिकट हुनुका साथै यातायातको समेत पहुँच नपुगेको ठाउँ हो। कम्पनीमा काम गर्ने दक्ष अर्धदक्ष र प्राविधकि गरि जिल्ला बाहिर र भित्रका गरि अहिले ५ जना  भन्दा बढिले काम गरिरहेको छ।

निजी लगानीबाट संचालित कालङ्गा हाइड्रोपावरको मात्र  कुललगात २ सय ८० करोड रहेको र त्यस मध्य २५ प्रतिशत व्यक्ति र अन्य ७५ प्रतिशत माच्छापुच्छ्रे  बैक, एनएनबि बैक, सिबिल बैक लगाएतको लगानी रहेको छ। पानी खेर गएको छ।

नदी किनारामा बस्तै आएकालाई बाढी पहिरोकोल समस्या भोग्न परेको थियो। खेती योग्य जमीन बगाउनु का साथै रत्न माबि पाउटाको फिल्ड र विद्यालय भवनसमेत आधा बगाएको थियो। कालङ्गा हाइड्रोपावरको संचालन भए पछि  नदीको दुबै तिर आरसिसि वाल निमार्ण गरि दिएकाले सजिलो भएको बुगल नगरपालिका ५ का भारत पातलीले बताए।

घरमै बसेर रोजगारी पाएकोमा स्थानिय खुशी छन। अहिले कोरोना महामारी फैलिएको समयमा रोजगारीको लागि भारत गएकाहरु सेमतघरफर्केर कालङ्गा हाइड्रोपावरमा ज्यालादारी काम गरि रहेका छन।

कालङ्गा हाइड्रोपावर संचालकले बुगल नगरपालिका भित्र ६५ किलो मिटर सडक निमार्ण गर्नुका साथै १५ खाने पानी निमाण र ३५  विद्यलायका फिल्ड तथा भवन निमार्णमा सघाएको समेत समितिले जनाएको छ। हाइड्रोपावरको काम पुरा भएपछि १५ प्रतिशत स्थानीयलाई शेर वितरण हुने छ। सुदुरपशिचम प्रदेशको सबै भन्दा ठुलो कालङ्गा हाइड्रोपावरले बुगलको सानी गाढ ,अपरकालङ्गा, बुगल हाईडो गरि ६५ मेगावट विद्युत उत्पादन गर्दै छ।

प्रकाशित: १७ आश्विन २०७७ १०:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App