१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुजुकीको ‘पर्वोत्सव’ सुरु

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले सुजुकी पर्वोत्सव अफर सार्वजनिक गरेको छ । 

योजनामा तीन लाख ५० हजार रूपैयाँ बाराबरको छुट, दुई लाख रूपैयाँसम्म एक्सचेन्ज बोनस, न्यूनतम २० प्रतिशत डाउन पेमेन्ट, एक वर्षको सवारी बिमा र गाडीका अक्सेसोरिज निःशुल्क पाइने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, कुनै पनि व्यक्तिले अरूलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिई बिक्री कारोबार भएमा आकर्षक नगद पुरस्कार समेत दिइने कम्पनीले जनाएको छ । 

सार्वजनिक योजना देशभर रहेका सुजुकी गाडीका ३६ वटै सोरूममा लागू हुने बताइएको छ । कम्पनीले सुजुकीका विभिन्न मोडेलका कार बमोजिम फरक फरक हिसाबका छुट लागू हुनेछन् । सुजुकी ब्रान्डले अल्टो, एस्प्रेसो, सेलेरिओ एक्स, वागेन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजाएर, सिआज, ब्रेज्जा, एस्क्रस, एर्टिगा, एक्स्एलसिक्स, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेल बिक्री–वितरण गर्दै आएको जनाएको छ ।

प्रकाशित: १३ आश्विन २०७७ ०३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App