७ वैशाख २०८१ शुक्रबार
अर्थ

बजार खुल्यो व्यापार भएन

लकडाउन र निषेधाज्ञा खुलेर नियमित रुपमा विराटनगरमा बजार, पसल  सञ्चालनमा आएका छन्। बजार र पसल खुले पनि कोरोनाको डरले ग्राहक नआउँदा विराटनगरका व्यवसायी समस्यामा परेका छन्।  

कोरोना महामारी नियन्त्रण गर्न ६ महिना लामो लकडाउन र निषेधाज्ञा हटेपनि कोरोना संक्रमण अझै घट्न सकेको छैन। कोरोना संक्रमणको त्रासकै कारण उपभोक्ता किनमेलका लागि बजार नआउँदा लामो समयपछि व्यवसाय सञ्चालनमा ल्याएका विराटनगरका व्यवसायी चिन्तित् बनेका छन्। पसल खोलेपनि पर्याप्त उपभोक्ता नआएका कारण व्यापार नभएको विराटनगरका व्यवसायी सन्तनु रेग्मीले बताए।  

उनले भने,‘पसल खोलेपनि उपभोक्ता नआउँदा व्यवसाय चल्न सकेको छैन।’ ६ महिना आम्दानी नहुँदा पनि खर्च भने उस्तै रहेकका कारण व्यवसायी समस्यामा परेको उनले बताए।  

६ महिनासम्म व्यापार नहुँदा व्यापारीहरूलाई ऋणले थिचेको अर्का व्यवसायी सुदामा साहले बताए। उनका अनुसार पसल खोलेपनि ग्राहक नआउँदा व्यवसाय सञ्चालनमै समस्या भएको छ। लामो समय व्यापार ठप्प हुँदा घर भाडा मात्रै हैन विजुलीको वीलसमेत तिर्न समस्या भएको साहको भनाई छ। उनले भने, ‘व्यापार नहुँदा घर भाडा मात्रै हैन विजुलीको विलसमेत तिर्न समस्या भएको छ।’ लामो समयको बन्दाबन्दीले व्यवसायीहरूलाई मानसिक समस्या देखिन थालेको खुद्रा व्यवसायी संघ मोरङका अध्यक्ष सञ्जय मण्डलले बताए।  

मण्डलका अनुसार कोरोना महामारी अझै पनि नियन्त्रणमा आइनसकेका कारण तत्कालै व्यवसाय राम्रो हुने सम्भावन न्यून छ। व्यापार व्यवायलाई जोगाइराख्न सरकारले पनि सहयोग गर्नुपर्ने उनी बताउँछन्। उनले भने, ‘साना व्यवसायीलाई बचाइ राख्न सरकारले पनि सहयोग गर्नुपर्छ।’  

लामो समयसम्म व्यापार व्यवसाय ठप्प हुँदा खर्च यथावत रहेको र आम्दानी गुमाउनुपरेका कारण व्यवसायीलाई आम्दानी र खर्चको सन्तुलन मिलाउन मुस्किल परेको छ। कोरोनाको महामारी नियन्त्रणमा आइनसकेका कारण तत्कालै व्यापार व्यवसाय पुरानै लयमा आउने अवस्थासमेत छैन।  

साना व्यवसाय रोजगारीको मुख्य आधार भएकाले साना व्यवसायीलाई व्यवसायमा टिकाइ राख्न सरकारले राहत र पुर्नस्त्थानका लागि नीतिगत व्यवस्था उनीहरूले माग गरेका छन्।

प्रकाशित: ७ आश्विन २०७७ १२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App