७ वैशाख २०८१ शुक्रबार
अर्थ

सामसङको ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ अफर

इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ फेस्टिभ अफर सार्वजनिक गरेको छ। वर्तमान अवस्थालाई मध्यनजर गर्दै सामसङका उत्पादनले ग्राहकको घर र परिवारमा खुसी सजाउन यो अफर प्रस्तुत गरेको कम्पनीले जनाएको छ। यस अफरअन्तर्गत सामसङका कन्जुमर इलेक्ट्रोनिक्स उत्पादनमा अधिकतम ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

३५ प्रतिशतसम्मको छुट सामसङ टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिन खरिदमा लागू हुने कम्पनीले जनाएको छ। बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै सामसङ प्लाजाको आधिकारिक वेबसाइटबाट पनि सामसङका उत्पादन खरिद गर्ने वैकल्पिक सुविधा प्रदान गरिरहेको विज्ञप्तिमा उल्लेख छ। सामसङले टिभीहरुमा दुई वर्ष (एक वर्ष फुल प्रोडक्ट वारेन्टी र थप एक वर्ष प्यानलमा) को वारेन्टी छ। त्यस्तै डिजिटल इन्भर्टर टेक्नोलोजीमा १० वर्षको वारेन्टी रहेको कम्पनीको दाबी छ। निश्चित आउटलेटबाट सहज किस्ताबन्दी तथा निश्चित सामानहरु निःशुल्क जडान गरिदिने सुविधा पनि छ।  

यो अफर कात्तिकसम्म देशभर लागू हुने सामसङको आधिकारिक डिस्ट्रिब्युटर हिम इलेक्ट्रोनिक्स् प्रालि र त्रिवेणी व्यापार प्रालिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ आश्विन २०७७ ०६:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App