खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा नासपातीबाट जुस र पेरी उत्पादनको तयारी थालिएको छ।
प्रशस्त मात्रामा उत्पादन भए पनि बजार अभावमा खेर गइरहेका नासपातीको सदुपयोग गर्दै आम्दानीको स्रोतका रुपमा विकास गर्न स्थानीय जनसेवा कृषि सहकारी संस्थाले नासपातीको जुस तथा पेरी उत्पादनको तयारी गरेको हो।
नासपातीबाट जुस र पेरी उत्पादनका लागि हात तथा विद्युत्बाट सञ्चालन हुने मेसिन खरिद गरेर नासपानी संकलन सुरु गरिएको जालपाका वडाध्यक्ष विकास राईले बताए।
प्रकाशित: २४ भाद्र २०७७ ०४:२७ बुधबार





