११ आश्विन २०८३ आइतबार
image/svg+xml
अर्थ

मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध

निरन्तरको वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा मनाङमा ३३ केभी विद्युत् लाइन अवरुद्ध भएको छ।

पहिरोका कारण जिल्लाका विभिन्न स्थानमा विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको ऊर्जा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विद्युत् सेवा सुचारु गर्न प्राविधिक टोलीहरू फिल्डमा खटिएका छन्।

लगातारको वर्षाका कारण थप पहिरोको जोखिम रहेकाले मर्मत तथा विद्युत् सेवा पुनः सञ्चालनमा समय लाग्न सक्ने बताइएको छ।

प्रकाशित: ११ आश्विन २०८३ १०:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App