coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सामसङको ग्यालेक्सी नोट२० र नोट२० अल्ट्रा बजारमा

सामसङले फ्ल्यागसिप प्रडक्टअन्तर्गत ग्यालेक्सी नोट२० र नोट२० अल्ट्रा स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ। उक्तफोनले काम गर्न र गेम खेल्न थप सहजता प्रदान गर्नुका साथै ग्लालेक्सी नोटसिरिजले कम्प्युटरको जस्तै कामगर्न सक्ने भएकाले प्रो–गेमहरु सहजै खेल्न सकिने कम्पनीले जनाएको छ।

सामसङ नोटका एपको सहजएवं उपयोगी अनुभबाट फोटो खिच्न, एडिट गर्न र आफ्ना आइडिया सेयरगर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ। सामसङ नोट एपमा अटो सेभ तथा सिंकिङ क्षमता पनि रहेकाले यसले हातको लेखाइलाई आकर्षक अक्षरमा बदल्छ। साथै पिडिएफमा भएका विषयवस्तुलाई सहजै हाइलाइट गर्न पनि सकिने तथा नोट एपमा भएका टेक्स्टलाई पिपिटिएसमा सहजै रुपान्तरण गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

यसमा विन्डोज १० कम्प्युटरबाट सहजै एक्सेस गर्न सकिने कम्पनीको दाबी छ। अझै सहज रुपमा विन्डोज १० युक्त कम्प्युटरबाटै म्यासेज पठाउन, नोटिफिकेसन म्यानेज गर्न, फोटो सिंकगर्न,फोन गर्न र आगमनकल उठाउन सकिन्छ। आफूलाई मन परेको एपलाई कम्प्युटरको टास्कबार वा स्टार्ट मेन्युमा राख्नसकिने कम्पनीको भनाइ छ।  

ग्यालेक्सी नोट२० सिरिजकाफोनलाई स्मार्ट टिभीमा सहजै कनेक्ट गर्न सकिने कम्पनीले जनाएको छ। ग्यालेक्सीनोट २० को मूल्यएक लाखनौ हजार नौ सय ९९ र ग्यालेक्सीनोट २० अल्ट्राको मूल्य एक लाख ३९ हजार नौ सय ९९ रुपैयाँ छ।

प्रकाशित: २३ भाद्र २०७७ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App