६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

६ महिनायताकै उच्च बिन्दुमा नेप्से

लकडाउनका कारण समग्र अर्थ व्यवस्थामा संकुचन आइरहेको बेला सेयर बजार भने चम्कन थालेको छ । बुधबार नेप्से ६ महिनायताकै उच्च बिन्दुमा पुग्यो ।  

नेप्से २५.५८ बिन्दुले बढेर १५१० मा पुगेको हो । सोही दिन एक सय ८६ वटा कम्पनीको ९६ लाख ८६ हजार कित्ता सेयर ४ अर्ब १८ करोड रूपैयाँमा खरिद, बिक्री भए ।  

यसअघि पछिल्लोपटक २०७६ फागुन २० गते नेप्से १ हजार ५ सय ९ विन्दुमा पुगेको थियो । त्यतिखेरको कारोबार ४ अर्ब ४६ करोड रूपैयाँको भएको थियो । त्यसपछि बजार निरन्तर घटेको थियो । लकडाउनपछि त केही सयम सेयर बजार बन्द नै भयो ।

गएको फागुन १५ पछि सर्वाधिक किनबेच ब्ुधबार भएको हो । सोही दिन बजार पुँजीकरण २० खर्ब रूपैयाँ पुगेको छ । कोरोना संक्रमण बढ्दै जाँदा निषेधाज्ञा लगाइएकाले लगानीका अवसर बन्द हुँदा सेयरबजार मात्र लगानीको विकल्प देखिएको लगानीकर्ताको भनाइ छ ।  

यतिबेला बैंकले कर्जा लगानी गर्न पाएका छैनन् । अहिले मालपोत कार्यालय बन्द भएकाले जग्गा जमिनको किनबेच पनि हुन सकेका छैनन् । कोरोनाको त्रासले उद्योगी, व्यवसायीले कर्जा लिन सकेका छैनन् । कर्जा लगानी हुन नसकेपछि बजारमा अत्यधिक तरलता छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार यतिखेर बैंकिङ च्यानलमा करिब दुई खर्ब रूपैयाँ तरलता छ । यतिखेर बैंकले मात्र नभई सर्वसाधारणले पनि लगानी गर्ने ठाउँ फेला नपार्दा सेयर बजारमा लगानी बढेको अनुमान गरिएको छ ।  

कोरोना महामारीपछि थुप्रिएको तरलता व्यवस्थापन गर्न यतिखेर अधिकांश बैंकले घर, जग्गालगायतमा कर्जाको ब्याजदर एकल अंकमा झारेका छन् । जुन ब्याजदर चार वर्षयताकै न्यून हो । 

कोरोना संक्रमण बढ्दै जाँदा निषेधाज्ञा लगाइएकाले लगानीका अवसर बन्द हुँदा सेयरबजार मात्र लगानीको कविकल्प देखिएको लगानीकर्ताको भनाइ छ ।   

लकडाउन खुलेपछि असार र साउनमा घरकर्जा केही बढेको थियो । तर भदौको सुरुवातदेखि नै पुनः निषेधाज्ञा सुरु गरिएपछि कर्जा लगानी बढ्न सकेको छैन । भदौ दोस्रो सातासम्म बैंकहरूले ३४ खर्ब ८५ अर्ब रूपैयाँ निक्षेप संकलन गरी २८ खर्ब ९२ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन् ।

पुनर्बिमा कम्पनीमा लगानीकर्ताको भीड
सेयर बजारमा नेपाल पुनर्बिमा कम्पनीले भीड लागेको छ । बुधबार यसको ६७ करोड ४२ लाख रूपैयाँको कारोबार भएको छ । कम्पनीले केही महिनाअघि मात्र आइपिओ बिक्री गरेको थियो । कम्पनीको ७ लाख ३२ हजार ८७१ कित्ता सेयर किनबेच भएको छ । कम्पनीको ९३१ रूपैयाँदेखि ८८८ रूपैयाँसम्म किनबेच भयो । अन्तिम मूल्य भने ९०१ रूपैयाँ कामय भएको छ ।  

त्यस्तै, शिखर इन्स्योरेन्सको १७ करोड ७५ लाख, नेसनल लाइफको १६ करोड ५१ लाख, नेपाल लाइफको १५ करोड ७५ लाख, नेको इन्स्योरेन्सको १४ करोड ६७ लाख र लाइफ इन्स्योरेन्स कर्पोरेसनको १४ करोड ६० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । अहिले बिमा कम्पनीहरूको व्यापार नबढे पनि घटेको छैन । उनीहरूले पाएको व्यापारमध्ये पुनर्बिमाको सेयरमा लगानीकर्ता आकर्षित हुनुको कारण लकडाउनमा पनि बिमा व्यवसायमा असर नपर्नुलाई लिइएको छ । बिमा कम्पनीको केही लगानी पुनर्बिमालाई दिनैपर्ने व्यवस्था छ ।  

त्यस्तै, लामो समयदेखि लगानीकर्ताको चासोमा नपरेका जलविद्युत् कम्पनीमा सेयरमा पनि आकर्षण बढेको छ । लगानीको अर्को विकल्प तयार नहुँदासम्म सेयर बजार वृद्धि भइरहने लगानीकर्ताहरूको भनाइ छ ।

प्रकाशित: १८ भाद्र २०७७ ०४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App