२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अब खाद्यान्न तथा तरकारी पसल विहान ११ बजे सम्म खोल्न पाइने

काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञा अर्को एक साता लम्बिएको छ। बुधवार राति १२ बजेसम्मका लागि तय भएको निषेधाज्ञा थप एक साता सम्मका लागि जारी गरिएको हो। भदौ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी रहने छ।

दुई साता निषेधाज्ञा जारी भएकाले बुधबार मध्यरातबाट केही खुकुलो गरिएको छ। अत्यावश्यक वस्तु तथा सेवामध्ये खाद्य बस्तु, दूध र दुधजन्य पदार्थ, फलफूल तरकारी, माछा मासु विक्री वितरण गर्ने पसल ११ बजेसम्म खोल्न पाइने छ।  

बिहान ९ बजेसम्मका लागि पसल खोल्न दिइएकोमा बिहीबारदेखि  बिहान ११ बजेसम्म अत्यावश्यक पसल खोल्न पाइने भएको छ।

प्रकाशित: १७ भाद्र २०७७ १३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App