२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दराज र भिसा सहकार्यमा

नेपालमा अनलाइन कार्ड भुक्तानीलाई अगाडि बढाउन भन्दै अनलाइन बजार दराज र डिजिटल भुक्तानी टेक्नोलोजी भिसाबीच साझेदारी भएको छ ।  

२०१८ मा अलिबाबाले अधिग्रहण गरेयता दराजले अलिबाबाको विशाल टेक्नोलोजी र अनुभवको लाभ उठाउँदै ग्राहकका लागि बढी सुविधाजनक, सुरक्षित र सजिलो अनलाइन पूर्वभुक्तानी विधि विस्तार गर्दै आएको जनाएको छ ।

सो साझेदारी सुरू गर्दै दराज र भिसाले आफ्नो ग्राहकलाई आगामी असोज १४ सम्म भिसा कार्ड प्रिपेमेन्टमा १५ प्रतिशत छुट दिने विज्ञप्तिमा उल्लेख छ । दराजमा पाँच हजारभन्दा बढी बिक्रेता र उनीहरूले बेच्ने इलेक्ट्रोनिक्स, किरानादेखि फेसनसम्मका चार लाख ५० भन्दा बढी उत्पादन छन् । ग्राहकले यीमध्ये कुनै पनि छनोट गरेपछि आफूले दराजमा सेभ गरेको भिसा कार्डमार्फत पूर्वभुक्तानी गरे पाँच सय रूपैयाँसम्म छुट पाउने विज्ञप्तिमा उल्लेख छ । यो अफर एकपटकमात्र प्रयोग गर्न सकिने र नेपालमा जारी भिसा क्रेडिट, डेबिट र प्रिपेड कार्डमा लागू हुनेछ । ‘नेपालमा अनलाइन भुक्तानी विधिहरूको विकासका लागि सामूहिक प्रयास आवश्यक छ । त्यसैले हामी भिसासँग मिलेर यस कार्यलाई अघि बढाउन पाउँदा एकदमै खुसी छौं,’ दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने, ‘यो प्रारम्भिक प्रस्तावको साथ हामी हाम्रा ग्राहकलाई पहिलेदेखिनै बढी सुविधाजनक र सुरक्षित अनलाइन पूर्वभुक्तानी विधि प्रयोग गर्दा थप लाभ प्रदान गर्न चाहन्छौं ।’

भिसाका मर्चेन्ट सेल्स, अक्वेरिंगर साइबर सोर्सका प्रमुख, शैलेश पलले सामाजिक दुरीको आवश्यकतालाई ध्यानमा राख्दै डिजिटल भुक्तानी र अनलाइन सपिङ हाल एकदमै महत्वपूर्ण भएको बताए । ‘हामी अनलाइन क्रेतालाई अनलाइन भुक्तानी सुविधामार्फत एक सुरक्षित अनुभव प्रदान गर्न चाहन्छौं र यसको लागी नेपालको अग्रणी अनलाइन बजार दराजसँग साझेदारी गर्न पाउँदा खुसी छौं,’ उनले भने ।

प्रकाशित: १५ भाद्र २०७७ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App