८ वैशाख २०८१ शनिबार
अर्थ

‘अब देशमै छ रोजगारी’ अभियान

‘अब देशमै छ रोजगारी’ अभियान औपचारिक रुपमा सुरु भएको छ। एक भर्चुअल कार्यक्रमका बीच अर्थमन्त्री डा. युबराज खतिवडाले उद्योगपतिहरु, स्किलिंग इकोसिस्टम सरोकारवालाहरु, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिहरु बीच उक्त अभियानको सार्वजनिक गरेका हुन्।

रोजगारी सर्भिस र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा यो अभियान प्रवासी पुनरागमनहरु र अन्य आर्थिक रुपले वञ्चित, समाजिक बहिष्कृत समूहहरुको जीवनयापन आवश्यकताहरुको प्रतिकृया दिन यो अभियान थालिएको हो। रोजगारी सर्भिसले आफ्नो व्यापक प्ल्याटफर्महरु —वेवसाइट, मोबाइल एपलिकेसन, सामाजिक संञ्जाल, रोजगारी पसल, घुम्ती रोजगारी पसलहरु प्रयोग गरेर पंजीकृत प्रवासी पुनरागमनहरुलाई उचित स्किलिंग, रोजगारी वा स्वरोजगारीका मार्ग जडान गर्न र सुविधा पु-याउन सहकार्य गर्ने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १६ श्रावण २०७७ ०३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App