२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दराज र ई–सेवाले ल्याए एक रुपैयाँमा आइफोन एसई जित्ने मौका

अनलाइन बजार दराज र अनलाइन भुक्तानी सेवा प्रदायक ई–सेवाले एक रुपैयाँमा नयाँ आइफोन एसई जित्न सकिने वान रुपी गेम अफर सार्वजनिक गरेको छ।  उक्त अफरमा भाग लिनग्राहकले दराजमा आइफोन रुपी वान प्रोमोकोड लगाई आइफोन एसई एक रुपैयाँमा ई–सेवाबाट भुक्तानी गरी अर्डर गर्न सक्नेछन्।

बुधबारदेखि १२ गतेसम्म उपलब्ध योजना अन्तर्गत विजेताघोषणा साउन १६ मा दराज एप र दराज नेपालको फेसबुक पेजमार्फत गरिने दराजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।विजेता घोषित भएपछि सबै सहभागीले आफ्नो ई–सेवा खातामा एक रुपैयाँ फिर्ता पाउने जनाइएको छ।

यसका साथै ग्राहकहरुले साउन १२ देखि १९ सम्म चल्ने दराज महाबचत बजार अभियानअन्तर्गत दराजमा कुनै पनि सामानको रकम ई–सेवामार्फत तिर्दा २० प्रतिशत छुट पाउने दराजले बताएको छ।वान रुपी गेम अन्तर्गत ग्राहकले अरू धेरै पुरस्कार पनि जित्न सक्ने बताइएको छ।

प्रकाशित: ११ श्रावण २०७७ ०३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App