६ चैत्र २०८० मंगलबार
अर्थ

स्वावलम्बन लघुवित्तको शाखालाई एक महिनाको घरभाडा छुट

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले एक महिनाकोे घरभाडा छुट पाएको छ । दाङ शान्तिनगर गाउँपालिका स्थित धनौरीमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कार्यालय रहेको घरधनी तोपेन्द्रहादुर थापाले एक महिना बराबरको घरभाडा छुट दिएका छन् ।

कोरोनाको कहरबीच विपन्न तथा न्यून आए भएका सदस्यलाई घरदैलोमा वित्तीय सेवा पुर्‍याउदै आएको संस्थालाई आर्थिक भार कम गर्ने उद्देश्यले एक महिनाको घरभाडा छुट दिएको थापाले बताए । 

शाखा कार्यालय धनौरीका कार्यालय प्रमुख रमेशचन्द्र पौडेलका अनुसार घोराहीस्थित वित्तीय संस्थाको इलाका कार्यालय रहेको घरधनी माधवा पाण्डे र शाखा कार्यालय रहेको भवनका घरधनी कृष्णबहादुर खड्काले घरभाडा रकम १५ दिन बराबरको रकम सहुसलियत दिएका छन् भने उपशाखा कार्यालय थारमारेका घरधनी खड्गबहादुर केसीले ५ हजार रुपैयाँ छुट दिएका छन् । 

वित्तीय संस्थाले कोरोना रोकथामका लागि संघीय सरकारको कोषमा २५ लाख र १ सय ४० वटा शाखा कार्यालय मार्फत स्थानीय सरकारहरुले खडा गरेको राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोगग गरेको जनाएको छ ।

प्रकाशित: २६ असार २०७७ ०८:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App