नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार पनि नेप्से परिसूचक उकालो लागेको छ। साताको शुरुदेखि उकालो लागेको नेप्से परिसूचक मंगलबार ३७ दशलमव ९३ अंकले बढेर एक हजार ३ सय ३६ अंकमा पुगेको हो। करिब ४ घण्टा खुलेको आजको सेयर बजारमा एक अर्ब २१ करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका थिए भने सो अवधीमा १ सय ७८ कम्पनीका कुल २८ लाख ८३ हजार ९ सय ४८ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ।
नेप्सेका अनुसार मंगलबार सेयर बजारमा सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ९ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने दोस्रो बढी सेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्सले ८ करोड ६० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन्। त्यसैगरी, हिमालयन डिष्टिलरीको ५ करोड ८६ लाख र एनएमबि बैंकको ५ करोड ९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ। सो अवधीमा कूल १८ हजार १ सय ४० कारोबार भउका थिए।
मंगलबार १९ कम्पनीको सेयर मूल्य ९.५ प्रतिशत भन्दा बढीले बढेर सकारात्मक सर्किट लागेपछि नेपाल पुनर्बीमा कम्पनी, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्स, ओरियन्टल होटल र प्रुरुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यसैगरी, सोही अवधीमा ११ बैंक वित्तीय संस्थाको सेयर मूल्यमा ९ दशमलव ५ प्रतिशतले बढेको छ। जसमध्ये २ वटा बैंक, ७ बीमा कम्पनी, ४ वटा लघुवित्तको र एक वित्त कम्पनीको सेयर मूल्य ९ दशमलव ५ प्रतिशतले बढेको हो। नेप्सेका अनुसार मंगलबार गुह्ेश्वरी मर्चेन्ट बैंक र फष्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको मुल्य ९ दशमलव ५ प्रतिशतले बढेको छ।
त्यसैगरी, सोही अवधीमा मेरो माइक्रोफाइनान्स, युनाईटेड इन्स्योरेन्स कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्यमा ९ दशमलव ५ प्रतिशतले बढेको नेप्सेले जनाएको छ। सोही अवधीमा सूर्योदय लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय, संस्था, सिभिल लघुवित्तको सेयर मूल्य ९ दशमलव ५ प्रतिशतले बढेको छ।
नेप्सेका अनुसार मंगलबार सोल्टी होटलको सेयर मूल्य ९.५ प्रतिशतले बढेको छ । लकडाउनका कारण करिब ३ महिनाअघि खुलेको सेयर बजारमा निरन्तर सुधार देखिरहेको छ।
प्रकाशित: २३ असार २०७७ ११:३७ मंगलबार