१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेप्से उकालो लाग्ने क्रम अझै जारी

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार पनि नेप्से परिसूचक उकालो लागेको छ। साताको शुरुदेखि उकालो लागेको नेप्से परिसूचक मंगलबार ३७ दशलमव ९३ अंकले बढेर एक हजार ३ सय ३६ अंकमा पुगेको हो।  करिब ४ घण्टा खुलेको आजको सेयर बजारमा एक अर्ब २१ करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका थिए भने सो अवधीमा १ सय ७८ कम्पनीका कुल २८ लाख ८३ हजार ९ सय ४८ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार मंगलबार सेयर बजारमा सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ९ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने दोस्रो बढी सेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्सले ८ करोड ६० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन्। त्यसैगरी, हिमालयन डिष्टिलरीको ५ करोड ८६ लाख र एनएमबि बैंकको ५ करोड ९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ। सो अवधीमा कूल १८ हजार १ सय ४० कारोबार भउका थिए।

मंगलबार १९ कम्पनीको सेयर मूल्य ९.५ प्रतिशत भन्दा बढीले बढेर सकारात्मक सर्किट लागेपछि नेपाल पुनर्बीमा कम्पनी, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्स, ओरियन्टल होटल र प्रुरुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यसैगरी, सोही अवधीमा ११  बैंक वित्तीय संस्थाको सेयर मूल्यमा ९ दशमलव ५ प्रतिशतले बढेको छ। जसमध्ये २ वटा बैंक, ७ बीमा कम्पनी, ४ वटा लघुवित्तको र एक वित्त कम्पनीको सेयर मूल्य ९ दशमलव ५ प्रतिशतले बढेको हो।  नेप्सेका अनुसार मंगलबार गुह्ेश्वरी मर्चेन्ट बैंक र फष्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको मुल्य ९ दशमलव ५ प्रतिशतले बढेको छ।  

त्यसैगरी, सोही अवधीमा मेरो माइक्रोफाइनान्स, युनाईटेड इन्स्योरेन्स कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स,  हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्यमा ९ दशमलव ५ प्रतिशतले बढेको नेप्सेले जनाएको छ।  सोही अवधीमा सूर्योदय लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय, संस्था, सिभिल लघुवित्तको सेयर मूल्य ९ दशमलव ५ प्रतिशतले बढेको छ।

नेप्सेका अनुसार मंगलबार सोल्टी होटलको सेयर मूल्य ९.५ प्रतिशतले बढेको छ । लकडाउनका कारण करिब ३ महिनाअघि खुलेको सेयर बजारमा निरन्तर सुधार देखिरहेको छ।

प्रकाशित: २३ असार २०७७ ११:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App