coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

दोहोरो अंकले बढ्यो नेप्से

धितोपत्र बजारमा शेयर कारोबार माापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार माापक नेप्से परिसूचक आज ३३.२७ बिन्दुले बढेर एक हजार २९८.७३ मा पुगेको छ। सेन्सेटिभ परिसूचक ६.३० ले वृद्धि भई २७५.८८ मा पुगेको छ।  

स्टकका अनुसार कूल १७६ कम्पनीको २७ लाख ३१ हजार ४९८ कित्ता शेयर ९२ करोड ७८ लाख ४१ हजार ३२९ रुपैयाँमा कारोबार भएको छ। कारोबार भएका कूल १२ उपसमूह मध्ये आज सामूहिक लगानी कोषको मात्रै अवस्था नकारात्मक छ। सामूहिक लगानी कोष ०.०६ ले घट्दा बैंकिङ २१.२९, व्यापार १४.४७, होटल ७४.६७, विकास बैंक १४.१५, जलविद्युत् १२.४७, वित्त २.५१, निर्जीवन बीमा २७४.४, उत्पादन ४५.२३, अन्य २९.६२, लघुवित्त ८४.११, जीवन बीमा २६६.४३ बिन्दुले बढेको छ।  

 स्टकका अनुसार आज कारोबारका आधारमा नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १४ करोड ५३ लाख ३१ हजार ३८० रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै नेपाल लाइफ इन्स्योरेन्स सात करोड ८० लाख ९१ हजार ७९३ रुपैयाँ, प्रभु बैंकको संस्थापक शेयर चार करोड ८४ लाख ४४ हजार रुपैयाँ, हिमालयन डिस्टिलरी तीन करोड नौ लाख ९४ हजार ७५७ रुपैयाँ, एनएमबी बैंक दुई करोड ६० लाख २४ हजार ३४ रुपैयाँ, शिवम् सिमेन्ट दुई करोड ४९ लाख ५३ हजार १९४ रुपैयाँ र नबिल बैंक दुई करोड ४० लाख ७० हजार २८४ रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा रहेको छ।  

स्टकका अनुसार ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था र नेपाल पुर्नबीमा कम्पनीका शेयरधनीले १०/१० प्रतिशतले कमाएका छन्। सूर्योदय लघुवित्त वित्तीय संस्था ९.९५, गरिमा विकास बैंक ९.८४, यूनाइटेड इन्स्योरेन्स ९.७०, स्वदेशी लघुवित्त वित्तीय संस्था ९.७०, सिद्धार्थ इन्स्योरेन्स ९.४५, आशा लघुवित्त वित्तीय संस्था ९.२८ र तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ९.१४ प्रतिशतले कमाएका छन्।  

त्यस्तै, राधी विद्युत् कम्पनी ९.८९, बोटलर्स नेपाल तराई ५.८६, देवः विकास बैंक ५.१६, जोशी हहाइड्रोपावर ३.९२, बिशाल बजार कम्पनी ३.९१, खानीखोला हाइड्रोपावर ३.७०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ३.४४ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ३.३३ प्रतिशतले गुमाएका छन्। 

प्रकाशित: २२ असार २०७७ १०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App