१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

फोर्ड एन्डेभरको २०२० कार बजारमा, यस्ता छन् सुविधा

फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ।  विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिसन युक्त गाडीको मूल्य एक करोड ४९ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।  

कम्पनीका अनुसार नयाँ २ लिटरको इकोव्लु डिजेल इन्जिन जडान गरिएको फोर्ड एन्डेभरको २०२० मोडलको गाडीले इन्धन खपत १४ प्रतिशतसम्म कम गर्छ भने गाडीलाई १७०  पिएस पावर र ४२० एनएम टर्क प्रदान गर्छ।  

विश्वकै पहिलो १०–स्पीड स्वचालित ट्रान्समिसन युक्त कार सेलेक्ट सिफ्ट टेक्नोलोजी युक्त सेग्मेन्टको पहिलो गाडी हो भने यस गाडीमा दायरामा रहेर गियर लक गर्न सकिने कम्पनीले जनाएको छ।  

पूर्णसुरक्षा मापदण्ड पूरा गरि निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले दावी गरेको छ।  

त्यसैगरी, यस कारमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ भने गाडी भित्रको ध्वनिको उत्सर्जनलाई कम गर्ने प्रविधि जडान गरिएको छ।  

१४ प्रतिशतसम्म इन्धन खपतमा सुधार गरिएको, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ्ग सेवा, उत्कृष्ट पर्फरमेन्सका साथ २०२० एन्डेभर एसयूवी सेग्मेन्ट रहेको कम्पनीले जनाएको छ।  

एसयूवी चालकले अपेक्षा गरेभन्दा बढी सुविधाहरू भएकाले एसयूवी पारखीहरुको यो पहिलो रोजाइ बन्ने कम्पनीले दावि गरेको छ।

डिजेल गेम चेंन्जर– अल न्यू फोर्ड २ लिटर ईको ब्लू इन्जिन

२०२० फोर्ड एन्डेभरमा उन्नत २ ईकोब्लू डीजेल इन्जिन प्रयोग गरिएको छ।  ४ x ४ भेरीयन्टको ईको ब्लू युक्त यस गाडीमा विशिस्ट इन्धन क्षमता रहेको छ भने यसले १२ दशलमव ४ किलोमिटर प्रति लिटर माइलेज दिन्छ।  

फोर्ड इको ब्ल्यू इञ्जिन परिष्कृत स्वरुप हो, जसले ध्वनि उत्सर्जन कम्तीमा ४ डेसिबलएकाई घटाएको कम्पनीले जनाएको छ।

उत्कृष्ट प्रदर्शन र टेक्नोलोजीका कारण विभिन्न अवार्डले पुरस्कृत यो कारमा पूर्ण नयाँ डिजाइन, बहु आविस्कार सहितका विशेषताहरू जडान गरिएका छन्। ईको ब्लू इंजिनले इन्धन दक्षतामा पनि सुधार ल्याएको छ।  

त्यसैगरी, सेलेक्ट सिफ्ट सहित पहिलो पटक १० स्पीड अटोमेटिक ट्रान्समिशन प्रयोगमा ल्याइएको यो गाडीले आरामदायी र उच्चगतिका साथयात्रा गर्न सकिने कम्पनीले जनाएको छ।  

स्टील, आल्मुनियमको मिश्रणका साथ यो कारलाई बलियो र वजनदार रुपमानिर्माण गरिएको छ भने सेलेक्ट सिफ्ट  सेग्मेन्टको अर्को विशिष्ट विशेषता रहेको कम्पनीले जनाएको छ।  

विशिष्ट एसयूभी हरेक कोणले सबैभन्दा राम्रो  

२०२० मा सार्वजनिक यस एन्डेभरमा पूर्ण एलईडी हेडल्याम्प राखिएको छ। अल न्यू कन्टेम्पोरेरी स्क्वायर डिजाइनमा निर्माण गरिएको यस एलइडी हेडल्याम्पलाई तल र माथि दुबै बिममा कम्तीमा २० प्रतिशत प्रकाश बढाउने गरी निर्माण गरिएको छ।  

यो कारमा ८ इन्च टच स्क्रीन इन्फोटेनमेन्ट सिस्टम, आरामदायी सिट, पावर एडजेस्टेबल ओआरवीएम लगायतका विशेषताहरु छन्।  

आकर्षक डिजाइन, उत्कृष्ट अफरोड क्षमता, सुरक्षाआदिलाई मध्यनजर गरी निर्माण गरिएको यस कारमा आवश्यक ट्रान्सफरर्मर र टर्कका लागि उत्कृष्ट फोर ह्वील ड्राइभ सिस्टम प्रयोग गरिएको छ।

त्यसैगरी, यस सेग्मेन्टमा पहिलो पटक सामान्य, हिउँ परेको सडक, हिलोयुक्त सडक, घाँसयुक्त सडकर बालुवा र चट्टानयुक्त सडक गरी चारवटा मोडमा टेरेन म्यानजमेन्ट सिस्टम (टीएमएस)ंको प्रयोग गरिएको छ। जसले जस्तो सुकै अवस्थामा पनि गतिशील र सुविधा सम्पन्न यात्राका लागि सहयोग पुग्ने कम्पनीले दावि गरेको छ।  

सुरक्षाका लागि ड्राइभरको घुँडा छेउको एयर ब्याग सहित यस कारमा सातवटा एयरब्यागहरु राखिएका छन् भने उत्कृष्ट ग्राउन्ड क्लियरेन्सका साथै ८०० मिलिमिटर वाटर वेडिङ क्षमता छ।

त्यसैगरी, ८ इन्च टच स्क्रीन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड एप्पलकारप्ले, गुगल अटो कम्प्याटिबल, एसवाइएलसी३ लगायतका विशेषताहरु रहेका छन्।  

कम्पनीका अनुसार क्याविनमा आवाजलाई कम गर्ने तथा इन्जिनको ध्वनिलाई घटाउने नोइज क्यान्सिलिङ प्रविधि जडान गरिएको छ भने ५० प्रतिशत गाडीको छत प्यानोरेमिक सन रुफले कभर गरिएको छ।

यस कारमा फ्लेग्जिबल सिट र कार्गो व्यवस्थापनको प्रयोग गरिएको छ भने दोस्रो रो र तेस्रो रो सिट फोल्ड गरी २ हजार १० लिटरसम्म कार्गो होल्ड गर्न सकिन्छ।  

अर्धस्वचालित समानान्तर पार्क एशिस्ट, पुश स्टार्ट बटन, पछाडिको गेटमा हैंडफ्री पावर लिफ्ट, अगाडि र पछाडि दुबैतर्फ पार्किङ सेन्सर, पछाडिपट्टि पार्किङ क्यामेरा, अटोमेटिक हेडल्याम्प, अटोमेटिक वायपर्स, डीआरएल, ड्युलजोन अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, ड्राइभर र पेसेन्जर सिट ८ तरिकाले पावर एडजस्टेबल गर्न सकिने लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ।  

कम्पनीका अनुसार यस कारमा ३ वर्ष वा एक लाख किलोमिटर सम्मको वारेन्टी रहेको छ। कम्पनीले यसमा डिफ्युज सिल्भर, डायमन्ड वाइट र एब्सोल्युट ब्ल्याक गरी तीन कलरमा गाडी उपलब्ध रहेको जनाएको छ।

 

प्रकाशित: २१ असार २०७७ १२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App