१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एक महिनामा एक अर्ब ९२ करोड बीमा शूल्क संकलन

मुलुकका १९ निर्जीवन बीमा कम्पनीले एक महिनाको अवधीमा करिब एक अर्ब ९२ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेका छन्।  

यी निर्जीवन बीमा कम्पनीले चालु आवको जेठ मसान्तसम्म कूल २२ अर्ब ३७ करोड रुपैयाँ बीमाशूल्क संकलन गरेकोमा जेठ महिनामा मात्र १ अर्ब ९२ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेको बीमा समितीले जनाएको छ।  

समितीका अनुसार निर्जीवन बीमा कम्पनीले मोटर, अग्नी, हवाई, सामुन्द्रिक, कृषि, बाली, इन्जिनियरिङ् लगायतका बीमा गरी उक्त बीमाशूल्क रकम संकलन गरेका हुन्।  

सो अवधीमा २ वटा निर्जीवन बीमा कम्पनीले २० करोड रुपैयाँ भन्दा माथि बीमाशूल्क आर्जन गरेका छन् भने ७ वटा इन्स्योरेन्स कम्पनीले १० करोड रुपैयाँ भन्दा माथि बीमाशूल्क संकलन गरेका छन्।  

त्यसैगरी, चालु आवको जेठ महिनामा १० वटा इन्स्योरेन्स कम्पनीले १० करोड रुपैयाँ भन्दा कम बीमाशूल्क आर्जन गरेको समितीले जनाएको छ।  

समितीले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आवको जेठ महिनामा सबैभन्दा बढी बीमाशूल्क आर्जन हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गरेको छ। कम्पनीले सो अवधीमा करिब २६ करोड रुपैयाँ बीमा बीमाशुल्क आर्जन गरेको छ।  

त्यसैगरी, शिखर इन्स्योरेन्स कम्पनीले जेठमा करिब २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने सगरमाथा इन्स्योरेन्स कम्पनीले १६ करोड, सिद्धार्थ इन्स्योरेन्सले १५ करोड, र प्रभु इन्स्योरेन्सले १३ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेका छन्।  

समितीका अनुसार चालु आवको जेठमा आईएमइ जनरल इन्स्योरेन्सले १३ करोड, एनलजी इन्स्योरेन्सले १२ करोड, नेको इन्स्योरेन्सले १२ करोड, र लुम्बिनी जनरल इन्स्योरेन्सले १० करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेका छन्।  

त्यसैगरी, जेठ महिनामा १० करोड रुपैयाँ भन्दा कम बीमाशूल्क संकलन गर्नै कम्पनीमध्ये प्रिमियर इन्स्योरेन्सले ९ करोड, अजोड इन्स्योरेन्सले ८ करोड र नेपाल इन्स्यारेन्सले ७ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेका छन्।  

सो अवधीमा ओरियन्टल इन्स्योरेन्सले ६ करोड, पु्रडेन्सियल इन्स्योरेन्सले ५ करोड र एभरेष्ट इन्स्योरेन्सले ५ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेका छन्।  

समितीका अनुसार सो अवधीमा नेशनल इन्स्योरेन्सले ५ करोड, युनाईटेड इन्स्योरेन्सले ४ करोड रुपैयाँ र जनरल इन्स्योरेन्सले ३ करोड रुपैयाँ बीमाशूल्क संकलन गरेका छन्।

त्यसैगरी, सानिमा इन्स्योरेन्सले २ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको समितीले जनाएको छ। समितीका अनसार राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्क प्राप्त भएको छैन्।

 

प्रकाशित: १९ असार २०७७ ११:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App