९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

शेयर बजार घट्यो

बिहीबार ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द भएको छ। बजार खुलेको एक घण्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात ८० दशमलव ४१ अंकले घटेर नेप्से १ हजार २ सय ५६ दशमलव ११ अंकमा बन्द भएको हो। सेन्सेटिभ परिसूचक पनि ६ दशमलव २७ प्रतिशत अर्थात १७ दशमलव ९९ अंकले घटेर २ सय ६९ दशमलव ०३ अंकमा बन्द भएको छ। आज १ सय ४२ कम्पनीको ४७ करोड ६६ लाख ५४ हजार रुपैयाँ बराबरको १ लाख ६१ हजार ८ सय ९० कित्ता शेयर खरिद विक्री भएको छ।

बजार खुलेको ३ मिनेटसम्म केही बढेको नेप्से त्यसपछि लगातार घट्दै ११ बजेर २३ मिनेटमा पहिलो सर्किट लागेको थियो। त्यस पछि २० मिनेटका लागि कारोबार बन्द भएको थियो। दोस्रोपटक खुलेको बजारमा ११ बजेर ४७ मिनेट जाँदा फेरी ५ प्रतिशतले नेप्से घटेपछि दोस्रोपटक पुनः सर्किट ब्रेक लागेको थियो। फेरी १२ बजेर २८ मिनेटमा खुलेको बजार १२ बजेर ४० मिनेटमा पुग्दा ६ प्रतिशतले घटेपछि आजका लागि कारोबार बन्द भएको हो। सोमबार देखि खुलेको बजार सोमबार केही अंकले घटेको थियो भने मंगलबार र बुधबार बढ्दो क्रममा सर्किट लागेर कारोबार बन्द भएको थियो। तर बिहीबार भने लगातार घट्दो क्रममा तीन पटक सर्किट लागेर आजका लागि कारोबार बन्द भएको छ।

बाजारमा कारोबारमा आएका समूह मध्ये म्यूचुअल फण्ड बाहेकका सबै समूहका सूचकहरु घटेका थिए। बैंकिङ समूह ७ दशमलव ४३ प्रतिशतले घटेको छ। जीवन बीमा ७ दशमलव ६७ प्रतिशत घटेको छ। होटल समूहमा भने सबैभन्दा धेरै ८ दशमलव ६९ प्रतिशतले गिरावट आएको छ। सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ। यि दुवै कम्पनीको ६ करोड रुपैयाँ भन्दा धेरैको शेयर कारोबार भएको छ। बजार घटेपनि स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लगायतका कम्पनीका शेयरधनीले कमाएका छन्। स्वाबलम्बन लघुवित्तका शेयरधनीले आज ८ प्रतिशतले कमाएका छन्। सोल्टी होटल, प्रभु बैंक, हिमालयन डिस्टिलरी, लाइफ इन्स्योरेन्स कम्पनी, ग्लोबल आइएमई बैंक लगायतका कम्पनीका शेयरधनीले ९ प्रतिशत माथि गुमाएका छन्। जसमध्ये सोल्टी होटलका शेयरधनीले १० प्रतिशतले गुमाएका छन्।  

 

प्रकाशित: १८ असार २०७७ ०८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App