१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तेस्रो पटक सकारात्मक सर्किट ब्रेक लागेपछि सेयर बजार बन्द

नेप्से परिसूचकमा लगातार तेस्रो पटक सकरात्मक सर्किट ब्रेक लागेपछि आजका लागि सेयर बजार बन्द भएको छ।  कारोबार सूरु भएपछि नेप्से परिसूचक तेस्रो पटक ६ दशमलव ६ प्रतिशतले बढेपछि सकरात्मक सर्किट ब्रेक लागेपछि सेयर बजार बन्द भएको हो।  

मंगलबारको सेयर बजारमा पहिलो एक घण्टा नबित्दै सर्किट ब्रेक लागेपछि २० मिनेट कारोबार स्थगित भएको थियो। त्यसपछि पनि नेप्से परिसूचक निरन्तर रुपमा बढेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको थियो। दिँउसो १२ बजेर १७ मिनेटमा सर्किट ब्रेक लागेपछि सेयर कारोबार ४० मिनेटको लागि बन्द गरिएको थियो।  

दोस्रो पटक सकारात्मक सर्किट ब्रेक लागेपछि ४० मिनेटपछि तेस्रो पटक पूनः खुलेको सेयर बजारको परिसूचक उकालो लागेको थियो।  

तेस्रो पटक खुलेको सेयर बजारमा नेप्से परिसूचक ६ दशमलव ६ प्रतिशतले बढेपछि बजारमा पूनः सकरात्मक सर्किट ब्रेक लागेको हो। तेस्रो पटक पनि सकरात्मक सर्किट ब्रेक लागेपछि मंगलबारका लागि सेयर कारोबार बन्द भएको नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार आजको सेयर बजारमा कूल १ सय ३४ कम्पनीको सेयर कारोबार गरेका थिए। यी कम्पनीले २२ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेका छन्।  

नेप्सेका अनुसार करिब २ घण्टा भएको सेयर कारोबारमा ४ लाख ८९ हजार ५ सय ३७ कित्ता सेयर किनबेच भएका थिए।  

मंगलबार सेयर बजारमा होटल, म्युचअल फण्ड बाहेक कारोबारमा आएका सबै समूह हरिया देखिएका छन्।  

जमसमध्ये सबैभन्दा बढी जीवन बीमा समूह ६ सय ३४ अंकले उकालो लागेको छ भने निर्जीवन बीमा समूह २ सय ९६ अंक बढेको थियो। त्यसैगरी, उत्पादनमूलक १ सय २२ अंक, माइक्रोफाइनान्स ७७, बैंकिङ् ७३, ट्रेडिङ् ६५, विकास बैंक ६५, हाइड्रो ३९ अंकले उकालो लागेका थिए। नेप्सेका अनुसार होटल ४७ र म्युचअल फण्ड समूह ० दशमलव ०३ प्रतिशतले घटेका थिए।

 

प्रकाशित: १६ असार २०७७ ०९:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App