coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

११ महिनामा २२ अर्ब बीमा शूल्क संकलन

मुलुकका १९ निर्जीवन बीमा कम्पनीले चालु आवको जेठ मसान्तसम्म करिब २२ अर्ब ३७ करोड रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन्।  

निर्जीवन बीमा कम्पनीहरुले ११ महिनाको अवधीमा मोटर, अग्नी, हवाई, सामुन्द्रिक, कृषि तथा बाली, इन्जिनियरिङ् लगायतका बीमा गरी उक्त बीमा शूल्क संकलन गरेका हुन्।  

बीमा समितिका अनुसार चालु आवको जेठ मसान्तसम्म शिखर इन्स्योरेन्स कम्पनी र सबैभन्दा कम सानीमा जनरल इन्स्योरेन्स कम्पनी बीमा शूल्क आर्जन गरेको छ।  

सो अवधीमा शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी २ अर्ब ८७ करोड सबैभन्दा थोरै सानीमा इन्स्योरेन्स कम्पनीले २८ करोड रुपैयाँ बीमा शूल्क आर्जन गरेको समितिले जनाएको छ।  

त्यसै गरी, सोही अवधीमा ९ निर्जीवन बीमा कम्पनीले १ अर्ब बढी बीमा शूल्क संकलन गरेका छन् भने ७ वटा बीमा कम्पनीले ५० करोड रुपैयाँ बीमा शूल्क संकलन गरेका छन्।  

समितिका अनुसार नयाँ निर्जीवन बीमा कम्पनी मध्ये २ कम्पनीले सो अवधीमा ५० करोड रुपैयाँभन्दा कम बीमा शुल्क संकलन गरेका हुन्।  

सो अवधीमा सबैभनदा बढी बीमा शूल्क शिखर इन्स्योरेन्स कम्पनीले २ अर्ब ८७ करोड रुपैयाँ बीमा शूल्क आर्जन गरेको छ।  

त्यसैगरी, सगरमाथा इन्स्योरेन्स कम्पनी एब अर्ब ९५ करोड, नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ८५ करोड, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ७५ करोड, एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ५१ करोड, प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब ४५ करोड, प्रभु इन्स्योरेन्स कम्पनीले १ अर्ब २६ करोड, आइएमइ जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब १८ करोड, हिमालयन इन्स्योरेन्सले १ अर्ब १५ करोड र लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब ४ करोड रुपैयाँ बीमा शूल्क संकलन गरेका छन्।  

समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आवको जेठ मसान्तसम्म नेपाल इन्स्योरेन्स कम्पनीले ९८ करोड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ९१ करोड, ओरियन्टल इन्स्योरेन्स कम्पनीले ९० करोड, एभरेष्ट इन्स्योरेन्सले ८३ करोड, अजोड इन्स्योरेन्स कम्पनीले ७२ करोड, नेशनल इन्स्योरेन्स कम्पनीले ७० करोड र युनाईटेड इन्स्योरेन्स कम्पनीले ५८ करोड रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन्  

त्यसैगरी, सोही अवधीमा जनरल इन्स्योरेन्स कम्पनीले ४७ करोड रुपैयाँ र सानिमा इन्स्योरेन्स कम्पनीले २८ करोड रुपैयाँ बीमा शूल्क संकलन गरेको समितिले जनाएको छ। सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले हालसम्म तथ्याङ्क पेश गरेको छैन्।  

 

प्रकाशित: १५ असार २०७७ १२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App