१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एक किलो सलह समाते २० रुपैयाँ पुरस्कार

शनिबार विहान देखी फैलिएको सलह किराको प्रभाव प्रदेश नं ५ मा बढि देखिएको छ । शनिबार बुटवल आसपासका क्षेत्रमा ठुलो संख्यामा सलहहरू फैलिएको थियो । सलह नियन्त्रणका लागि भूमी व्यवस्था तथा कृषि सहकारी मनत्रालय प्रदेश नं ५ ले आन्तरिक मामिला मन्त्रालय सहितको बैठक बसी तत्काल नियन्त्रणको प्रयास गर्ने निर्णय गरिएको प्रवक्ता विनोद घिमिरे जानकारी दिए । 

‘अन्यत्र भन्दा प्रदेश नं ५ मा धेरै सलह आएको पाइयो, हामीले नियन्त्रणको लागि सूचना प्रवाह गर्ने निर्णय गरेका छौं,’ उनले भने,‘झुण्ड अहिले गुल्मी, पाल्पा तिर लागेकोले त्यस क्षेत्रलाई सुरक्षित रहन सचेत गराएका छौं ।’ उनले यसको नियन्त्रणको लागि प्रोत्साहन रकमको व्यवस्था गरिएको समेत बताए । उनले भने,‘ हामीले स्थानीय तहसँग समन्वय गरेर एक किलो सलह जम्मा गर्नेलाई २० रुपैँयाका दरले प्रोत्साहन रकम दिने निणैय गरेका छौं ।’ उनले जम्मा गरेर वडा कार्यालयमा सम्पर्क गर्न सकिने बताए ।

यस्तै बारा र सर्लाहीमा देखिएको सलह किरा प्रदेश २ का धेरै जिल्लामा फाट्ट फुट्ट देखिए पनि त्यसले क्षति नपुराएको पाईएको छ । भूमी व्यवस्था तथा कृषि सहकारी मनत्रालय प्रदेश नं २ का सचिव विमल कुमार निर्मलले सलहले क्षति कम पुराएको र विहान भन्दा झुण्ड पनि कम देखिएको बताए ।

प्रकाशित: १३ असार २०७७ १३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App