२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

बिजुलीकाे नयाँ महसुल

विद्युत नियमन आयोगले नयाँ विद्युत् महसुल दर निर्धारण गरेको छ । आयोगको असार १ गते बसेको बैठकले २०७७ असारदेखि लागु हुने गरी विद्युत् उपभोक्त महसुल दर सार्वजनिक गरेको हो । 

 गत मंसिरमा नेपाल विद्युत प्राधिकरणले नयाँ विद्युत महसुल दर तोक्न  आयोगमा प्रस्ताव पठाएको थियो । आयोगले प्रस्तावको विस्तृत अध्ययन गरी नयाँ विद्युत महसुल दर निर्धारण गरेको हो ।  

आयोगले १० युनिटसम्म न्युनत्तम ३० रुपैयाँ लाग्ने र इनर्जी शुल्कबापतको महसुल नलिने व्यवस्था गरेको छ ।त्यस्तै, सरकारी अस्पताल तथा स्वास्थ्यचौकी ले २१ दिनभित्र बिल भुक्तानी गरेमा कुल बिल रकममा २० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले आव २०७६-२०७७ मा हुने अनुमानित विद्युत् बिक्रीका लागि आवश्यक विद्युतकाे परिमाण ८ अर्ब ६५ करोड ७० लाख कि.वा घण्टा हुने प्रक्षेपण गरेको छ । 

प्रकाशित: ३ असार २०७७ ०८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App