१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनआईसी एसिया लघुवित्तकाे आइपिओ असार १० देखि खुल्दै

लघुवित्त क्षेत्रमा हालसम्मकै सबैभन्दा ठुलाे आइपिओ

लघुवित्त क्षेत्रमा हालसम्मकै सबैभन्दा धेरै संख्यामा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले असार १० देखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । एनआइसीले एक सय रुपैयाँ अंकितका  ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो ।

सर्वसाधारणले कम्तिमा १० कित्ता र बढीमा २ लाख कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सि–आस्बा सदस्य बैंक, वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। साथै मेरो सेयर प्रयोगकर्ताले मेरो सेयरमार्फत पनि आवेदन गर्न सक्नेछन् । अनआइसीको आइपीओमा असार १४ गतेसम्म र सो अवधिमा पनि सबै सेयरका लागि आवेदन नपरेमा  असार २४ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ ।

केयर रेटिङ्गस नेपालले एनआइसीको आइपिओलाई औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । बिक्री प्रबन्धकमा  सानिमा क्यापिटल रहेको छ ।

प्रकाशित: २ असार २०७७ ०७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App