१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

किसानले पाँच प्रतिशत ब्याजदरमा कर्जा पाउने

कृषीमन्त्री घनश्याम भुसालले किसानलाई सस्तो ब्याजदरमा कर्जा प्रदान गरिने बताएका छन्।  मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कोभिड–१९ कारका मुलुकभरीका किसान मर्कामा परेकाले किसानलाई पाँच प्रतिशत ब्याजदरमा कर्जा दिईने बताएका हुन्।  

आगामी आर्थिक वर्ष ०७६/०७७ का बजेटमा सरकारले करिब एक खर्ब ५० अर्ब रुपैयाँ विनियोजना गरेको बताउँदै मन्त्री भुसालले कृषिमा सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्नै बताए।  

कोभिड–१९ का कारण सरकारले कृषि क्षेत्रलाई समेत प्राथमिकतामा राखेकाले सस्तो ब्याजदरमा किसानलाई ऋण दिने दिईने उनले बताए।  

कोभिड–१९ महामारीको पछिको बेरोजगारी समस्यालाई सम्वोधन गर्न कृषि क्षेत्रमा लगानी बढाईने उनले बताए।  

 

 

 

 

 

प्रकाशित: २७ जेष्ठ २०७७ ११:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App